कैदीबन्दीका लागि आवश्यक सामग्री हस्तान्तरण
सन्धीखर्क : अर्घाखाँची कारागारका कैदीबन्दीलाई आवश्यक सामग्री हस्तान्तरण गरिएको छ। जिल्लाको सन्धीखर्क नगरपालिकाले टेलिभिजन, फ्रिज,पानी फिल्टर, प्रेसर कुकर, टर्च लाइट लगायतका सामग्री हस्तान्तरण गरेको हो।
नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठका अनुसार कैदीबन्दीका मागका आधारमा सामग्री हस्तान्तरण गरिएको हो। नगरले महिला कैदीबन्दीका लागि सिलाई कटाई तालिम सञ्चालन गर्ने र सबै कैदीबन्दीको दाँत परीक्षण गर्ने योजनामा रहेको नगर प्रमुख श्रेष्ठको भनाइ छ।
कारागारमा हाल ६१ जना पुरुष र ९ जना महिला गरी कुल ७० जना कैदीबन्दी छन्।