पशु स्वास्थ्यकर्मी परिचालन गर्न माग

लम्पी स्किनको पीडाले किसान रोइरहेका छन्,सरकार उदासिन देखियो : पदम गिरी

लम्पी स्किनको पीडाले किसान रोइरहेका छन्,सरकार उदासिन देखियो : पदम गिरी
सुन्नुहोस्

काठमाडौं : नेकपा एमाले सांसद पदम गिरीले लम्पी स्किन रोग रोकथाम तथा नियन्त्रणका लागि पशु स्वास्थ्यकर्मी परिचालन गर्न माग गरेका छन्।  सांसद गिरीले लम्पी स्किनबाट  किसानले पालेका पशुचौपाय धमाधम मर्न थालेको भन्दै यथासिघ्र पशु स्वास्थ्यकर्मी परिचालन गर्न सरकारसँग माग गरेका हुन्।

शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद गिरीले पशुचौपायमा फैलिरहेको रोगप्रति सरकार उदासिन भएको आरोप लगाए। ' किसानहरू आहालमा डुबेर बसिरहेका छन्।  पीडाले रोइरहेका छन्। उनीहरूले कतैबाट सहयोग पाएका छैनन्,'उनले भने, 'यस्तो संवेदनशीन विषयमा सरकार उदासिन देखियो।'

उनले ४ महिनाको अवधिमा ८ लाख पशुचौपायहरू संक्रमित भएको र २७ हजार चौपायहरू मरिसक्दा पनि सरकारले रोकथामको पहल नगरेको बताए।  सांसद गिरीले सरकारले अहिलेसम्म २ लाख २२ हजार पशुलाई खोप लगाएको  र  खोप परिणाम पनि अत्यन्त अपर्याप्त रहेको बताए। ।  

‘किसानले अहिलेसम्म ३७ अर्ब बराबरको क्षति व्यहोरेका छन्। जसरी सरकारले गम्भीरता देखाउनुपर्थ्यो,त्यो सकेन। विभागले बजेट छैन भनेर भनिरहेको छ। कार्यालयका हाकिमहरूले बजेट नभएको बताइरहेका छन्,’उनले भने,‘ यदि सरकारसँग पैसा नभएका कारण किसानलाई राहत उपलब्ध गराउन नसकेको हो पनि निर्वाचन क्षेत्र विकास कार्यक्रमबाट रकमान्तर गरेर भएपनि राहत दिनुपर्‍यो।’

सरकारको उदासिनताका कारण किसानले यति ठूलो क्षति व्यहोर्नु परेको उनको भनाइ छ। उनले सो विषयलाई सरकारले गम्भीरताका साथ लिएर भोलिबाट प्रभावकारी ढंगले काम अगाडि बढाउन आग्रह गरे।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.