प्रधानमन्त्री कार्यालय कार्यकर्ता भर्ती केन्द्र बनाइयो : एमाले

प्रधानमन्त्री कार्यालय कार्यकर्ता भर्ती केन्द्र बनाइयो : एमाले

काठमाडौं : नेकपा एमालेले प्रधानमन्त्रीको कार्यालयमा कर्मचारी कटौतीको माग गरेको छ। शुक्रबार प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गतका शीर्षकमा खर्च कटौतीको प्रस्ताव प्रस्तुतिसहित छलफलमा भाग लिँदै नेकपा एमाले प्रमुख सचेतक पदम गिरीले अनावश्यक कर्मचारी भर्ना गरेको भन्दै प्रधानमन्त्री कार्यालय र राष्ट्रपति कार्यालयमा कर्मचारी कटौती गर्नुपर्ने माग गरेका हुन्।

उनले भने,' प्रधानमन्त्री कार्यालयको निजी सचिवालयमा १४ जनाको दरबन्दी छ। त्यहाँ १४ जना रहेका छन्।  स्वकीय सचिवालयमा ३४ जनाको जम्बो टिम छ। सल्लाहकार सचिवालयमा ४ जना भनिएको छ। त्यहाँ १४/१५ जना छन्। यसरी प्रधानमन्त्री सचिवालयको नाममा राज्यको अरबौं रकम सकिएको छ।'

एमाले सांसद गिरीले चाहिने भन्दा बढी सेवा सुविधा दिएर राष्ट्रपति कार्यालयमा पनि कर्मचारी नियुक्त गरेको भन्दै आपत्ती जनाए। ' राष्ट्रपति कार्यालयमा यति धेरै  कर्मचारी र सल्लाहकार थपिदै लिएर गएको छ। उनीहरूलाई गाडी, घोडा, सेवा सुविधा व्यापक बनाएर लगेको छ,'उनले भने,' त्यो कार्यकारी कार्यालय हो कि कस्तो अवस्थाको कार्यालय हो।'

उनले सरकार मोजमस्तीमा डुबिरहेको आरोप लगाए। 'बेरोजगारीलाई अन्त्य कसरी गर्ने,अर्थतन्त्रलाई कसरी लयमा फर्काउनेमा सरकारको ध्यान पटक्कै छैन,'उनले भने,'रोम सहर जल्दा निरोले बासुरी बजाएर आनन्द लिएजसो। देश वर्वाद भइरहेको छ, सरकार मोजमस्तीमा रहेको अवस्था छ।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.