ज्येष्ठ राउटेको निधन

ज्येष्ठ राउटेको निधन
सुन्नुहोस्

दैलेख : लोपोन्मुख जाति राउटे समुदायको सबैभन्दा ज्येष्ठ सदस्य कर्णबहादुर शाहीको निधन भएको छ। जिल्लाको भैरबी गाउँपालिका-१ दारेघाटमा बसोबास रहेको राउटे समुदायका ज्येष्ठ नागरिक शाहीको मंगलबार साँझ निधन भएको हो। राउटे जाति गुराँस गाउँपालिका-८ का बासिन्दा हुन्। उनीहरू फिरन्ते जीवनयापन गर्दै आएका छन्। गुराँस गाउँपालिकाले उपलब्ध गराएको परिचयपत्रका आधारमा उनको जन्म १९८९ वैशाख १२ भएको हो।

मृतक शाहीको बिहीबार विहान समुदायको परम्परा अनुसार अन्तिम दाहसंस्कार गरिएको छ। सोसेक नेपालले सञ्चालन गरेको राउटे परियोजनाका जोडी शिक्षक लालबहादुर खत्रीका अनुसार राउटे समुदायको संस्कार अनुसार शवलाई खाल्डो खनेर खाडिएको छ। समुदायका सदस्यको निधन भएपछि बाँदर मार्न प्रयोग गर्ने जालमा राखेर खाल्डोमा गाड्ने संस्कार राउटेको छ। शवलाई गाड्दा बस्तीका हरेक घरबाट धान, चामल, नयाँ कपडाको टुक्रा लगाएतका सामग्री चढाउने चलन छ। 

नेपाललाई विश्वमा चिनाएको यो समुदायले नागरिकता लिएका छैनन्। आफूलाई ‘वनको राजा’ भन्न रुचाउने राउटे नेपालको नागरिक हौं भनेर गाथा गाउँछन्। राउटे समुदाय दैलेख, सुर्खेत, जाजरकोट, सल्यान आसपासका जंगलमा बस्छन्। पछिल्लो समय यो समुदायको अस्तित्व नै संकटमा पुगेको छ। अत्यधिक मदिराको सेवन गर्नु, पोषणयुक्त खानाको कमी हुनु, नवजात शिशुको हेरचाहमा कमीजस्ता कारणले उनीहरूको अस्तित्व मेटिने खतरा बढेको हो। राउटेको जनसंख्या बर्सेनि घट्दो क्रममा छ। मदिराको उच्च सेवनबाट युवादेखि वृद्धवृद्धासम्मले अकालमा ज्यान गुमाइरहेका छन् भने, हेरचाह र खानपान नमिल्दा बालबालिकाले ज्यान गुमाएका छन्। हालः उनीहरूको जनसंख्या एक सय ४१ जना छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.