गर्मीका कारण कमलामाई नगरका विद्यालय पनि बन्द

गर्मीका कारण कमलामाई नगरका विद्यालय पनि बन्द

सिन्धुली : गर्मीका कारण पठनपाठनमा समस्या भएपछि सिन्धुलीको कमलामाई नगरपालिकाले पनि विद्यालयहरू बन्द गराएको छ। 

नगरपालिकाले आइतबारबाट बुधबारसम्म चार दिनका लागि नगरका सामुदायिक र संस्थागत सबै विद्यालय बन्द गर्ने निर्णय गरेको हो। 

नगरका प्रमुख उपेन्द्र कुमार पोखरेलले पछिल्ला दिनहरूमा बढ्दै गएको अत्यधिक गर्मीका कारण चार दिनका लागि विद्यालयहरू बन्द गर्ने निर्णय गरिएको बताए। 

गर्मीका कारण बन्द विद्यालयहरूको विदा वर्षे विदाबाट कट्टा गरी मिलाइने छ। कमलामाई नगरमा ८४ वटा सामुदायिक र २४ वटा संस्थागत विद्यालयहरू रहेका छन्।

यस्तै जिल्लाको दुधौली नगरपालिकाले पनि पालिकाभित्रका सामुदायिक विद्यालयहरू बन्द गर्ने निर्णय गरिसकेको छ।  

दुधौलीले पनि आइतबार (आज) देखि आगामी शुक्रबारसम्म ६ दिनका लागि सबै विद्यालय बन्द गर्ने निर्णय गरेको दुधौली गरपालिकाका नगर प्रमुख दिनेश अधिकारीले जानकारी दिए। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.