सगरमाथा क्षेत्र छोड्ने पर्यटक बढे, लुक्लामा हवाई टिकेट लिनेको चाप

सगरमाथा क्षेत्र छोड्ने पर्यटक बढे, लुक्लामा हवाई टिकेट लिनेको चाप

सोलुखुम्बु : विश्वको प्रमुख पर्यटकीय गन्तव्य सगरमाथा क्षेत्र छोड्ने पर्यटकको संख्या वृद्धी भएको छ । यस वर्ष वसन्तयामको पर्यटक सिजन सकिएसँगै सगरमाथा क्षेत्रबाट बाहिरिने पर्यटकको संख्या बढेको हो । 

सगरमाथा राष्ट्रिय निकुञ्जको तथ्यांक अनुसार पछिल्लो एक हप्तामा २६९ विदेशी र ५५ नेपाली गरी ३२४ जना पर्यटक भित्रिंदा ७९१ विदेशी र २३९ नेपाली गरी १ हजार ३० जना बाहिरिएका छन् । एक महिना अघिसम्म भित्रिने पर्यटकको चाप अधिक रहेको खुम्बुमा अहिले फर्किने पर्यटकको संख्या उच्च रहेको निकुञ्जका सुचना अधिकारी मनोज कुमार मण्डलले बताए । 
नाम्चे, खुम्जुङ, जोरसल्ले लगायतका पर्यटकीय स्थलहरुमा यतिखेर ओरालो झर्ने पर्यटकको ताँती देखिने गरेको नाम्चेका पर्यटन व्यवसायी लामाकाजी शेर्पाले बताए । सगरमाथा क्षेत्रबाट फर्किने पर्यटकको संख्या बढेसँगै लुक्लामा हवाई टिकेटको चाप पनि बढेको छ ।

खुम्बुबाट फर्किने अधिकांश पर्यटकले विमानको प्रयोग गर्ने भएकाले तेन्जिङ हिल्लारी विमानस्थलमा चाप बढेको नेपाल नागरिक उड्ययन प्राधिकरण लुक्लाका प्रमुख महेश श्रेष्ठले बताए । अहिले लुक्लाबाट दैनिक एक दर्जन भन्दा बढी पटक उडान तथा अवतरण हुने गरेका छन् । 

जसमा लुक्ला आउने विमानले कार्गो सामाग्री लिएर आउने गरेका छन् भने काठमाडौं फर्किंदा यात्रु लिएर जाने गरेको प्राधिकरण प्रमुख श्रेष्ठको भनाई छ । खुम्बुमा वर्षको दुई सिजन फागुन अन्तिमदेखि जेठ मध्यसम्म र असोजदेखि मंसिरसम्मलाई मुख्य पर्यटकीय सिजन मानिन्छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.