विश्व नम्बर एक अल्काराज तेस्रो चरणमा
पेरिस: विश्व नम्बर एक कार्लोस अल्काराज फ्रेन्च ओपनको तेस्रो चरणमा पुगेका छन्। बुधबार राति पेरिसमा भएको दोस्रो चरणको खेलमा जापानी खेलाडी तारो ड्यानियललाई ३–१ सेटको नतिजामा पराजित गर्दै तेस्रो चरणमा स्थान बनाएका हुन्।
पहिलो सेटमा ६–१ को सहज जित निकालेका अल्काराजले दोस्रो सेट ३–६ ले सुम्पिएका थिए। यस्तै, तेस्रो सेटमा ६–१ र निर्णायक बनेको चौथो सेटमा ६–२ को जित निकाल्दै वर्षको दोस्रो ग्रान्डस्लाममा आफ्नो यात्रा कामय राखेका हुन्।
स्पेनका २० वर्षीय स्टार खेलाडी अल्काराजले पहिलो चरणमा इटालियन खेलाडी फ्लाभियो कोबोलीलाई सोझो सेटमा पराजित गरेका थिए। गत वर्ष क्वार्टरफाइनलसम्म पुगेर बाहिरिएका अल्काराजले चौथो चरण प्रवेशका लागि क्यानडाका डेनिस सापाभालोभसँग खेल्ने छन्।