महिला कबड्डीमा कागेश्चन्द्रगिरि, काठमाडौं र कागेश्वरीको विजयी सुरुआत

महिला कबड्डीमा कागेश्चन्द्रगिरि, काठमाडौं र कागेश्वरीको विजयी सुरुआत

काठमाडौं : प्रथम काठमाडौं जिल्ला महिला कबड्डी प्रतियोगिताको पहिलो दिन चन्द्रागिरि नगरपालिका, काठमाडौं महानगरपालिका र कागेश्वरी नगरपालिकाले विजयी सुरुआत गरेका छन्।  

चमती खेलकुद पार्क संरक्षण समितिको आयोजना र अखिल नेपाल कबड्डी संघको प्राविधिक सहयोगमा आयोजना भएको प्रतियोगितामा शनिबार चन्द्रागिरी नगरपालिकाले शंखरापुर नगरपालिकालाई ४४-२८ को स्कोर पराजित गर्दा, काठमाडौं महानगरपालिकाले गोकर्णेश्वर नगरपालिकालाई ४१-१५ तथा कागेश्वरी नगरपालिकाले टोखा नगरपालिकालाई ५८-३२ स्कोरले पराजित गर्दै विजयी सुरुआत गरेका हुन्। 

प्रतियोगितामा काठमाडौं जिल्लाभित्रका कुल ६ नगर तथा एक क्लबले सहभागिता जनाएका छन्। तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा आइतबार तीन खेल हुनेछन्। सेमिफाइनल र फाइनल खेल सोमबार हुनेछन्। 

प्रतियोगिताको विजेताले नगद १५ हजार रुपैयाँ, दोस्रो हुनेले १० हजार र तेस्रो हुनेले समान ५/५ हजार रुपैयाँ प्राप्त गर्ने प्रतियोगिताका संयोजक भगवान प्रजापतीले जानकारी दिए। यस्तै उत्कृष्ट रेडेर र क्याटरलाई ट्रफी प्रदान गरिनेछ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.