ज्याकारान्डाले ढकमक्क काठमाडौं (फोटो फिचर)
काठमाडौं : अहिले राजधानी काठमाडौंको मुख्य सडक आसपासमा ज्याकारान्डा फूल फूलेको छ । यसले राजधानीको सौदर्य नै बढाएको छ । ज्याकारान्डा अमेरिकाको रैथाने बिरुवाको ४८ प्रजातिहरू मध्येको एक हो ।

काठमाडौंको रत्नपार्क,घन्टाघर,बबरमहल,कमलपोखरी,चक्रपथलगायत क्षेत्र बैजनी रङले रंगिएको छ। नेपालमा पाइने ‘ब्लू ज्याकारान्डा’को वैज्ञानिक नाम ‘ज्याकारान्डा मिमोसिफोलिया’हो ।

राजा वीरेन्द्रले अमेरिका भ्रमणमा जाँदा यसको बिरुवा भित्र्याएकाले नेपालमा यसलाई वीरेन्द्र फूलका नामले समेत चिनिन्छ ।









प्रतिक्रिया दिनुहोस !