ओमान एसीसी प्रिमियर कपको सेमिफाइनलमा

ओमान एसीसी प्रिमियर कपको सेमिफाइनलमा
सुन्नुहोस्

काठमाडौं : बिलाल खानको चार विकेटप्रेरित ओमानले एसीसी मेन्स प्रिमियर कपमा बुधबार साउदी अरबलाई ७२ रनले पराजित गरकेो छ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको ओमानले ६ विकेट गुमाएर तीन सय ६६ रनको योगफल तयार गरेको थियो। जवाफी ब्याटिङमा उत्रिएको साउदीले ४६.५ ओभरमा सबै विकेट गुमाउनुअघि दुई सय ९४ रन मात्रै बनाउन सक्यो।

साउदी अरबका लागि ओपनर अब्दुल वाहिदले ८६ बलमा १४ चौका र एक छक्हासहित ९५ रनको शानदार इनिङ खेले। यस्तै, साद खानले ८० बलमा १० चदका र एक छक्कासहित ७८ रनको अर्धशतकीय इनिङ खेलेका थिए। यस्तै, हिशाम शेखले ३६ तथा अब्दुल वाहिदले २५ रन जोडे।

ओमानका लागि ८.५ ओभरमा बिलालले ७५ रन खर्चिँदा सर्वाधिक चार विकेट लिएका थिए। जे ओडेड्राले तीन तथा जिशन मक्सुदले दुई तथा आयान खानले एक विकेट लिए।

जतिन्दर सिंहको ८८ रनप्रेरित ओमानले पहिलो इनिङमा साउदी अरबलाई तीन सय ६७ रनको लक्ष्य दिएको थियो। 

यस्तै, कश्यप प्रजापतिले ५३ बलमा ६ चौका र दुई छक्कासहित ५१ रनको अर्धशतकीय इनिङ खेलेका थिए। यस्तै, सोएब खान ७० बलमा आठ चौका र दुई छक्कासहित ६८ रन जोडेर आउट हुँदा कप्तान जिशन मक्सुद ५४ रन जोडेर आउट भए।

मोहम्मद नदिमले ३८ बलमा ६ चौका र चार छक्कासहित ७१ रनको अविजित अर्धशतकीय इनिङ खेल्दा अन्य ब्याटरको प्रदर्शन उल्लेख्य रहेन।

साउदीका लागि अतिफ उर रेहमानले सर्वाधिक तीन विकेट लिए। यस्तै, अब्दुल वाहिदले  दुई तथा अब्दुल वाहिदे एक विकेट लिए। आजको जितसँगै ओमान सेमिफाइनलमा पुगेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.