एसीसी प्रिमियर कप : यूएईलाई बहराइनले दियो ११६ रनको लक्ष्य

एसीसी प्रिमियर कप : यूएईलाई बहराइनले दियो ११६ रनको लक्ष्य
सुन्नुहोस्

काठमाडौं : आयान खानको चार विकेटप्रेरित यूएईले एसीसी मेन्स प्रिमियर कपमा बुधबार बहराइनलाई एक सय १६ रनमा सीमित गरेको छ। मुलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको बहराइनले ४०.५ ओभरमा सबै विकेट गुमाएर एक सय १६ रन मात्रै बनाउन सक्यो।

यूएईको कसिलो बलिङसामू निरीह बनेको बहराइनका लागि कप्तान हैदर बट र अली दाउदले २३–२३ रनबाहेक अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन्।

यूएईका लागि १० ओभरमा आयानले सात मेडनसहित ६ रन मात्रै खर्चिँदा शानदार चार विकेट लिए। यस्तै, रोहन मुस्तफा र कार्तिक मेइयाप्पनले समान दुई–दुई तथा जहुर खानले एक विकेट लिए।

आजको खेलमा जित निकाले यूएईले समूह ‘बी’ को शीर्ष स्थानमा रहँदै अन्तिम चारमा स्थान बनाउने निश्चित छ। दश टिम सहभागी प्रतियोगिताको दुई समूहबाट शीर्ष दुई टिमले सेमिफाइनलमा स्थान बनाउने छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.