एसीसी प्रिमियर कप : सिंगापुरविरुद्ध यूएईको विशाल जित

एसीसी प्रिमियर कप : सिंगापुरविरुद्ध यूएईको विशाल जित
सुन्नुहोस्

काठमाडौं : कप्तान मोहम्मद वासिम र वृत्या अरविन्दको शतकप्रेरित यूएईले एसीसी प्रिमियर कपको समूह ‘बी’मा आइतबार सिंगापुरलाई दुई सय एक रनले पराजित गरेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको यूएईले ५० ओभरमा सबै विकेट गुमाउनुअघि चार सय ७१ रनको योगफल तयार गरेको थियो। जवाफी ब्याटिङमा उत्रिएको सिंगापुरले ९ विकेट गुमाएर दुई सय ७० रन मात्रै बनाउन सक्यो।

सिंगापुरका लागि मनप्रित सिंहले ६४ बलमा पाँच चौका र चार छक्कासहित ६६ रनको अर्धशतकीय इनिङ खेले। यस्तै, थिल्पान ओमाइदुराइले ५६ बलमा चार चौका र तीन छक्कासहित ५२ रनको अर्धशतकीय इनिङ खेल्दा अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन्।

बलिङतर्फ यूएईका लागि आयान खान, कार्थिक मैयाप्पन र सन्चित शर्माले दुई-दुई विकेट लिए। यस्तै, जुनेद सिद्दिक्वी, रोहन मुस्तफा र जहुर खानले एक-एक विकेट लिए।

पहिलो इनिङमा यूएईका लागि ओपनिङमा आएका वासिमले ८२ बलमा ९ चौका र १६ छक्कासहित एक सय ६० रनको शानदार इनिङ खेले।

यस्तै, उनीसँगै दुई सय ४६ रनको साझेदारी गर्दै विकेटकिपर–ब्याटर अरविन्दले एक सय ३३ बलमा १७ चौका र सात छक्कासहित एक सय ७४ रनको उत्कृष्ट इनिङ खेले।

यस्तै, आयान अफजल खानले ५० बलमा ९ चौका र तीन छक्कासहित ७४ रनको इनिङ खेल्दा अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन्।

सिंगापुरका लागि अद्वित्य भारगवाले सर्वाधिक चार विकेट लिए। यस्तै, रमेश कालिमुथुले तीन तथा विनोथ बासकराणले दुई तथा मनप्रीत सिंहले एक विकेट लिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.