वासिम र वृत्याको शतकमा यूएईले सिंगापुरलाई दियो ४७२ रनको लक्ष्य

वासिम र वृत्याको शतकमा यूएईले सिंगापुरलाई दियो ४७२ रनको लक्ष्य
सुन्नुहोस्

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको यूएईले ५० ओभरमा सबै विकेट गुमाउनुअघि चार सय ७१ रनको योगफल तयार गर्यो।

काठमाडौं : कप्तान मोहम्मद वासिम र वृत्या अरविन्दको शतकप्रेरित यूएईले एसीसी प्रिमियर कपको समूह ‘बी’मा आइतबार सिंगापुरलाई चार सय ७२ रनको विशाल लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको यूएईले ५० ओभरमा सबै विकेट गुमाउनुअघि चार सय ७१ रनको योगफल तयार गर्यो।

यूएईका लागि ओपनिङमा आएका वासिमले ८२ बलमा ९ चौका र १६ छक्कासहित एक सय ६० रनको शानदार इनिङ खेले।

यस्तै, उनीसँगै दुई सय ४६ रनको साझेदारी गर्दै विकेटकिपर–ब्याटर अरविन्दले एक सय ३३ बलमा १७ चौका र सात छक्कासहित एक सय ७४ रनको उत्कृष्ट इनिङ खेले।

यस्तै, आयान अफजल खानले ५० बलमा ९ चौका र तीन छक्कासहित ७४ रनको इनिङ खेल्दा अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन्।

सिंगापुरका लागि अद्वित्य भारगवाले सर्वाधिक चार विकेट लिए। यस्तै, रमेश कालिमुथुले तीन तथा विनोथ बासकराणले दुई तथा मनप्रीत सिंहले एक विकेट लिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.