सय वर्षको उमेरमा देखियो संसार

सय वर्षको उमेरमा देखियो संसार
सय वर्षको आँखाको ज्योति फर्किएकी रामकलीलाई सम्मान गरिँदै। राजेन्द्र कार्की
सुन्नुहोस्

जाजरकोट : सय वर्षको उमेरमा आँखाको मोतीबिन्दुको शल्यक्रिया गरेर पुनः संसार देख्न सक्ने भएपछि बारेकोट गाँउपालिका ८ सेपुखोलाकी रामकली विक खुसीले गदगद भएकी छन्। कुनै पनि वस्तु देख्न नसक्ने भएको आँखा सय वर्षको उमेरमा फेरि देख्न सक्ने भएपछि रामकलीले आफ्नो पुनर्जन्म भएको बताएकी छन्।

शल्यक्रियापश्चात् बाल्यकालदेखि जवानीसम्ममा घुमफिर गरेको भूगोल तथा गाउँबस्तीलाई पुनः देख्न थालेपछि खुसी भएकी हुन्। ३० वर्षअघि गुमेको उनको आँखाको ज्योति फर्किएको हो। बारेकोट गाउँपालिका र नेपाल नेत्र ज्योति संघ एकीकृत आँखा तथा कान स्वास्थ्य कार्यक्रमको सहयोगमा दुई दिने आँखा शिविरमा ५३ जनाको मोतीबिन्दुको शल्यक्रिया गरिएको हो।

शल्यक्रिया गरिएका बिरामीलाई निःशुल्क चस्मा र औषधि निःशुल्क वितरण गरिएको नेत्र चिकित्सक डा. मञ्जु पन्तले बताइन्। ६ भाइ छोराकी आमा रामकलीलाई आँखा अप्रेसन गर्न उनका छोराहरूले  बोकेर लिम्सा पु¥याएका थिए।

शिविरबाट शल्यक्रिया गरिएका रामकली सहित ५३ जनामध्ये २० जना पुरुष, ३३ जना महिला रहेको सामुदायिक आँखा उपचार केन्द्र खलंगा जाजरकोटमा कार्यरत प्रदीपजंग शाहले जानकारी दिए। ५० वर्षभन्दा माथि सय बर्षसम्मका जेष्ठ नागरिकहरूको आँखा अप्रेसन गरी सेवा गर्ने मौका प्रदान गरेकोमा खुसी व्यक्त गर्दै नेपाल नेत्र ज्याति संघ, सुर्खेतद्वारा सञ्चालित एकीकृत आँखा तथा कान स्वास्थ्य कार्यक्रमका व्यवस्थापक मानबहादुर कुँवरले बारेकोट गाउँपालिकालाई धन्यवाद दिए।

शिविरमा एक सय ९६ जना कानका बिरामीहरूको कान परीक्षण गर्नुको साथै शून्य श्रवण क्षमता भएका २७ जनालाई हेरिङ्गबोर्ड तथा श्रवणयन्त्र वितरण गरिएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.