इरानमा महिलाको निगरानी गर्न सार्वजनिक स्थानमा क्यामेरा जडान

इरानमा महिलाको निगरानी गर्न सार्वजनिक स्थानमा क्यामेरा जडान
सुन्नुहोस्

इरान प्रहरीले कपाल नढाक्ने महिलाको पहिचान गरेर उनीहरूलाई मोबाइलफार्फत सन्देश पठाइ चेतावनी दिइने बताएको छ।

बागदात : इरानमा हिजाब नलगाउने महिलामाथि नजर राख्न सार्वजनिक स्थानमा क्यामेरा जडान गरिएको छ । इरान प्रहरीले कपाल नढाक्ने महिलाको पहिचान गरेर उनीहरूलाई मोबाइलफार्फत सन्देश पठाइ चेतावनी दिइने बताएको छ।

प्रहरीले यो कार्यले 'हिजाब कानून विरुद्धको विरोध' लाई रोक्न मद्दत गर्ने जनाएको छ।

गत वर्ष महसा अमिनीको प्रहरी हिरासतमा मृत्यु भएपछि देशैभर हिजाबविरुद्ध विरोध प्रदर्शन सुरु भएको बेला इरानमा यो निर्णय गरिएको हो । महसा अमिनीलाई हिजाब नलगाएको भन्दै पक्राउ गरिएको थियो।

त्यसयता धेरै महिलाले हिजाब फुकालेर विरोध गरे र यो विरोधको प्रभाव इरानसँगै अन्य देशमा पनि देखिएको छ।

सन् १९७९ मा इरानी क्रान्तिपछि देशमा धार्मिक कानूनलाई कडाइका साथ लागू गरियो । यसअन्तर्गत महिलाहरूलाई हिजाब लगाउन अनिवार्य गरिएको थियो। हिजाब नलगाउने महिलाले जरिवाना वा सजाय भोग्न सक्नेछन् । बीबीसी


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.