महासंघको वरिष्ठ उपाध्यक्षमा त्रिपक्षीय भिडन्त

महासंघको वरिष्ठ उपाध्यक्षमा त्रिपक्षीय भिडन्त
सुन्नुहोस्

वरिष्ठ उपाध्यक्षका लागि महासंघको पूर्वउपाध्यक्ष उमेशलाल श्रेष्ठ, वर्तमान उपाध्यक्षहरू रामचन्द्र संघाई र अञ्जन श्रेष्ठले छुट्टाछुट्टै प्यानल बनाएर प्रतिस्पर्धा गर्दैछन्।

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघमा चुनावी सरगर्मी बढेको छ। महासंघको वरिष्ठ उपाध्यक्ष (तीन वर्षपछि अध्यक्ष) बन्न त्रिपक्षीय भिडन्त हुन लागेको हो।

वरिष्ठ उपाध्यक्षका लागि महासंघको पूर्वउपाध्यक्ष उमेशलाल श्रेष्ठ, वर्तमान उपाध्यक्षहरू रामचन्द्र संघाई र अञ्जन श्रेष्ठले छुट्टाछुट्टै प्यानल बनाएर प्रतिस्पर्धा गर्दैछन्।  

चैत्र २८ र २९ गते हुने ५७ औं वार्षिक साधारणसभाले नयाँ नेतृत्व चयन गर्नेछ। महासंघमा वरिष्ठ उपाध्यक्ष नै अर्को कार्यकालमा स्वतः अध्यक्ष हुने प्रावधान छ। हालका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल चैत २९ पछि स्वतः अध्यक्ष बन्नेछन्। वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्ष र कार्यकारिणी पदका लागि निर्वाचन हुनेछ। 

२०७३ सालमा भवानी राणालाई अध्यक्ष बनाउन वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष बन्ने विधान संशोधन गरिएको थियो। राणा पहिलोपटक स्वतः अध्यक्ष भइन्। त्यसपछि गोल्छा अध्यक्ष भए। अब चन्द्रप्रसाद ढकाल महासंघको २१ औं अध्यक्ष बन्दै छन्। तेस्रो पटक अध्यक्ष बनेका दोहोरिएर अध्यक्ष बने पनि अन्यले भने दोहोर्‍याएका छैनन्। 

लोकनाथ गिरीले २०२२ सालमा पहिलोपटक महासंघको नेतृत्व गरेका थिए। त्यसपछिका नेतृत्व एक जनाबाहेक कोही दोहोरिएका छैनन्। कतिपय सहमतिबाट नेतृत्व चयन हुन्थ्यो। सहमति नभए दुई प्यानलबीच प्रतिस्पर्र्धा हुँदै आएको थियो। तर, यसपालि भने त्रिपक्षीय प्रतिस्पर्र्धा देखिएको छ। 

पछिल्लो समयमा उद्योगी व्यवसायी संकटमा छन्। चर्को ब्याजदर, चालू पुँजी कर्जा मार्गदर्शन मापदण्डलगायत विविध कारण देखाउँदै निजी क्षेत्र केही समयअघि आन्दोलित पनि भए। सामूहिक आवाज लिएर आन्दोलित भएका उद्योगी व्यवसायी नेतृत्व चयन गर्दा भने प्यानल बनाएर प्रतिस्पर्र्धामा उत्रेका छन्। 

‘महासंघमा विवाद आउँछ, तुस हुन्छ भनेर अध्यक्षमा निर्वाचन गर्ने प्रस्ताव ल्याएका हौं’, पूर्वअध्यक्ष पशुपति मुरारका भन्छन्, ‘अहिले त वरिष्ठ उपाध्यक्षमै धेरै प्यानल हुन थाल्यो, अस्वस्थ प्रतिस्पपर्धा जस्तो पनि देखियो।’ 

महासंघका अध्यक्ष शेखर गोल्छाले कार्यकारी अध्यक्ष बनाउन र कार्यकाल दुई वर्ष बनाउन प्रस्ताव ल्याएका थिए। विधान संशोधन गर्न कुशकुमार जोशीको संयोजकत्वमा कमिटी पनि बनाए। तर, विधान संशोधन गर्न सकेनन्। नेतृत्व लिँदै गर्दा ढकालले पनि तीनवर्षे कार्यकाललाई दुईवर्षे कार्यकाल बनाउन प्रस्ताव गरेका छन्।  अघिल्लो निर्वाचनमा गोल्छा खुलेरै वरिष्ठ उपाध्यक्षको प्यानलमा सामेल        भएका थिए। तर, ढकालले भने विषम परिस्थितिमा निजी क्षेत्र विभाजित हुन नहुने भन्दै आएका छन्। उनले कोही टिम मेरो भन्दै हिँडेका छैनन्। 

‘हामीले सोचेको भन्दा बाहिर गएको छ, प्यानल हुँदैन होला भन्ने थियो तर, उल्टो भयो,’ मुरारका भन्छन्, ‘वरिष्ठ उपाध्यक्ष अध्यक्ष बन्दासम्म तुस सबै हट्ने र निजी क्षेत्रका साझा मुद्दा बोक्ने भएकाले वरिष्ठ उपाध्यक्ष नै अध्यक्ष बन्ने प्रावधान उचित हो।’  वरिष्ठ उपाध्यक्ष नै अध्यक्ष बन्दा कामको निरन्तरता पाउने, प्यानलवाला भीडन्त नहुने पूर्वअध्यक्ष मुरारका बताउँछन्। ‘वरिष्ठ उपाध्यक्षमा यसरी प्यानल बनाएर जाँदा महासंघमा विभाजनमा ल्याउँछ,’ विधान संशोधन गरेर कडाइ गर्न जरुरी देखियो।’ त्यसो त पछिल्लो समयमा निजी क्षेत्र कमजोर बन्दै गएको छ। निजी क्षेत्रका धेरै संस्था हुने, एकले अर्काको अस्तित्व नस्वीकार्ने गरेकाले राज्यले पनि खेल्ने मौका पाएको छ। पूर्वअध्यक्ष मुरारकाले निजी क्षेत्रको एकै आवाज हुनुपर्ने बताउँछन्। व्यावसायिक संस्थाहरू पनि राजनीतिक संस्थाका रूपमा अघि बढेका छन्। 

अध्यक्षात्मक प्रणालीका कारण वरिष्ठ उपाध्यक्षले आफ्ना एजेन्डा पूर्णरूपमा कार्यान्वयन गर्न सक्दैनन्। अध्यक्ष नभएका बेला अध्यक्षता गर्ने बाहेक कार्यकारिणी अधिकार नभए पनि वरिष्ठ उपाध्यक्षमा चर्को चुनाव हुने गरेको छ।

महासंघको हाल उद्योग समितिका सभापति रहेका भरतराज आचार्य दुई टिमको साझा उम्मेदवार भएका छन्। उनी उमेशलाल श्रेष्ठ र अञ्जन श्रेष्ठको टिममा एसोसिएटतर्फका उपाध्यक्षका उम्म्मेदवार हुन्। उमेशलालले उपाध्यक्ष दिनेश श्रेष्ठलाई जिल्ला नगरतर्फ र हेमराज ढकाललाई वस्तुगततर्फ उपाध्यक्ष उम्मेदवार बनाएका छन्। अञ्जनले अरुणराज सुमार्गीलाई जिल्ला नगरतर्फ र मनिषलाल प्रधानलाई वस्तुगततर्फ उपाध्यक्ष पदमा उठाएका छन्। 

संघाईले जिल्ला नगर उपाध्यक्षमा सुरकृष्ण वैद्य, वस्तुगततर्फ सुकुन्तलाल हिराचन र एसोसिएटतर्फ ज्योत्सना श्रेष्ठलाई उपाध्यक्षमा अघि सारेका छन्। श्रेष्ठ यसअघि अञ्जनको टिमबाट उठ्ने निर्णय गरेकी थिइन्। टिमले आयोजना गरेको कार्यक्रममा उनले उपाध्यक्ष उम्मेदवार बताए पनि केही दिनअघि मात्रै उनी संघाईको टिममा पुगेकी हुन्। दिनेश श्रेष्ठ उपाध्यक्षमै दोहोरिन खोजेका छन्।

वरिष्ठ उपाध्यक्षसँगै ६६ सदस्यीय कार्यसमितिका निर्वाचन हुनेछ। वस्तुगत संघमा १४ सदस्यका लागि २८ जना, उद्योग वाणिज्य संघतर्फ १८ का लागि ३२ र एसोसिएटतर्फ १९ का लागि ३० जनाको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ। 


सर्वसम्मत नेतृत्वको पहल

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले आगामी ५७ औं वार्षिक साधारणसभाबाट वरिष्ठ उपाध्यक्षमा सर्वसम्मत नेतृत्व चयन गर्न पहल सुरु गरेका छन्। महासंघको वरिष्ठ उपाध्यक्षमा तीन जना आकांक्षी  छन्। वरिष्ठ उपाध्यक्ष ढकालले काठमाडौं लाजिम्पाटस्थित एक होटलमा तीनै जना वरिष्ठ उपाध्यक्षसँग छलफल गरी सर्वसम्मत नेतृत्वको निर्वाचन गर्न जोड गरेका हुन् ।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.