नेपाल धितोपत्र बोर्ड : ‘इन्साइडर ट्रेडिङ’ मा कडाइ

नेपाल धितोपत्र बोर्ड : ‘इन्साइडर ट्रेडिङ’ मा कडाइ
सुन्नुहोस्

उनले लगानीकर्तालाई धैर्य र संयम गर्न आग्रह गरे।

काठमाडौं : नेपाल धितोपत्र बोर्डले भित्री कारोबार (इन्साइडर ट्रेडिङ) मा संलग्नलाई मुद्दा दायर गर्ने तयारी गरेको छ। नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले भित्री कारोबार गर्ने एक जनाविरुद्ध मुद्दा दायर गरेको जानकारी दिए। ‘यसमा संलग्न अन्य व्यक्ति र कम्पनीमाथि पनि मुद्दा दर्ताको तयारी भइरहेको छ,’ उनले भने। पुँजी बजारको ३० वर्षे इतिहासमा मुद्दा चलाएको पहिलो पटक हो। 

इन्साडर कारोबारबारे थप अध्ययन अनुसन्धान भइरहेको उनले बताए। अब कसैले पनि भित्री कारोबार गर्न हिम्मत नगर्ने उनले दाबी गरे। नेपाल इन्भेस्टर्स फोरम, सेयर लगानीकर्ता संघ र नेपाल पुँजीबजार लगानीकर्ता संघको संयुक्त आयोजनामा भएको ‘समृद्ध नेपालको आधार, पुँजीबजार सुधार’नामक अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष हमालले प्रतिस्पर्धा गर्न नसक्ने सेयर ब्रोकर कम्पनी हराएर जाने बताए। ‘सिन्डिकेट तोड्न नयाँ कम्पनी थप्न लागेका छौं’, उनले भने, ‘मापदण्ड पुग्ने सबै कम्पनी थपिन्छन्।’ हरेक नीति सबैको हितमा नहुने उनले बताए। नीति कार्यान्वयन गर्न न्यायालय, राज्य, सरकार सबै सकारात्मक हुनुपर्ने हमालले बताए।  

खुला बजार अर्थनीति अवलम्बन गर्न खोज्दा समस्या सिर्जना भएको उनले गुनासो गरे। चालू कम्पनी ५० वटाका साथै थप ५० कम्पनी आउने उनले सुनाए। ‘शक्तिशाली कम्पनी होस् भन्ने हामीले चाहेको हो’, उनले भने, ‘पुँजी, प्रविधि, बोर्ड, सीईओलगायतमा एकरूपता ल्याउन खोजेका छौं।’

उनले ब्रोकर कम्पनीको शाखा खोल्ने प्रक्रिया घटाउन लागिएको बताए। २०८२ सालसम्म पुँजी वृद्धिको समयसीमा दिइएको उनको भनाइ छ। हमालले नयाँ ब्रोकर, स्टक र कम्बोडिटीसँग सम्बन्धित मुद्दाको चाँडो निरूपण हुनुपर्ने बताए। सात महिनादेखि मुद्दा विचाराधीन हुँदा समस्या भएको उनको भनाइ छ। ‘जस्तो निर्णय आए पनि छिटो आयोस्, निर्णयको बन्दी हुनु भएन।’ उनले भने। करिब सात महिनासम्म अदालतबाट निर्णय आउन नसक्दा ठूला कम्पनीका ११ अर्ब रुपैयाँ फसेको जनाए। नयाँ नियमावली ल्याएर भए पनि कम्पनी थपेरै जोड्ने उनले उद्घोष गरे। 

  •     भित्री कारोबार गर्ने एक जनालाई मुद्दा दायर 
  •     पुँजी बजारमा थप ५० कम्पनी आउने

उनले लगानीकर्तालाई धैर्य र संयम गर्न आग्रह गरे। ‘संयमता नगुमाउनुहोस्, राम्रा दिन पनि अवश्य आउँछन्,’ उनले भने, ‘किलो बाँधेर राख्ने हो, अहिल्यै हात उठाएर सेयर बजारबाट नबाहिरिनुहोस्।’  हतारमा र डरमा गरिएको निर्णयले घाटा हुने उनले बताए। 

गल्ती गर्नेलाई कारबाही गर्नुपर्ने बताउँदै हमालले ५१ कम्पनीको सूची निकाल्नु गल्ती भएको बताए। बजार विकास गर्न नीति राम्रो भए पनि विकास हुन नसकेको उनको भनाइ थियो। बजार सुधारका लागि ल्याउने हरेक काममा बाधा आउने गरेको उनले अनुभव सुनाए। बोर्डले गर्ने हरेक काम समयतालिका अनुसार गरिरहेको उनले दाबी गरे। 

नेपाल इन्भेस्टर्स फोरमका निवर्तमान अध्यक्ष छोटेलाल रौनियारले बजार गुम्दा लगानीकर्ताको सम्पत्ति ५० प्रतिशत डुबेको दाबी गरे। उनले ब्रोकर कमिसन ०.२५ प्रतिशत कायम गर्न सके बजार बढ्ने उनले बताए। पुराना नीतिले लगानीकर्ता मर्माहित भएको उनले सुनाए। चर्को ब्याज, ऋणको मर्काले लगानीकर्ता संकटमा भएको उनले बताए। सेयर लगानीकर्ता संघका कार्यवाहक अध्यक्ष ताराप्रसाद फुलेलले लगानीकर्ताको सम्पत्ति सुरक्षा हुन नसकेको बताए। चर्को कमिसनले साना लगानीकर्तालाई मारमा पारेको उनले  जनाए।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.