शैक्षिक अवस्था पहिलो मापदण्ड

विद्यालयका पूर्वाधार र अन्य गतिविधिहरूले पनि विद्यार्थीको शैक्षिक उन्नति र प्रगतिमा सहयोग पुर्याउँछन्।
बालबालिकाका लागि विद्यालय रोज्दा के–के कुरामा ध्यान दिनुपर्छ ?
सबैभन्दा पहिले अभिभावकले बालबालिकाको आवश्यकता बुझ्नुपर्छ। त्यसपछि विद्यालय खोज्न थाल्नुपर्छ। बालबालिकाको लागि उपयुक्त हुने विद्यालय निर्धारण गर्न सक्नुपर्छ। केही विद्यालयहरू धेरै नै व्यावसायिक छन्। केहीले बालबालिकाको समग्र विकासमा ध्यान दिएका छन्। त्यसैले आफ्ना बालबालिकाका लागि कुन र कस्तो विद्यालय उपयुक्त हुन्छ भन्नेमा आफैंले निक्र्यौल गर्नुपर्छ। विद्यालयको खोजी गर्दा शैक्षिक उत्कृष्टता प्रमुख मापदण्ड हुनुपर्छ। बालबालिकाको विकासका लागि उत्कृष्ट शैक्षिक दृष्टिकोण आवश्यक हुन्छ। यसका साथै विद्यालयका पूर्वाधार र अन्य गतिविधिहरूले पनि विद्यार्थीको शैक्षिक उन्नति र प्रगतिमा सहयोग पु¥याउँछन्।
शैक्षिक गतिविधिसँगै विद्यार्थीका लागि अतिरिक्त क्रियाकलाप कति आवश्यक हुन्छन् ?
निश्चय नै, अतिरिक्त क्रियाकलापले बालबालिकाको समग्र विकासमा मद्दत गर्छ। बालबालिकालाई कुन कुराले बढी आकर्षित गर्छ भनेर अतिरिक्त क्रियाकलापले नै निर्धारण गर्छ। शैक्षिक गतिविधिभन्दा बालबालिकालाई बाहिरका सीपहरू पत्ता लगाउन र थप पोषण गर्न प्रेरित गर्न पनि अतिरिक्त क्रियाकलापले मद्दत गर्छ। जसबाट बालबालिकालाई भविष्यका मार्गहरूको आकार दिन मद्दत पु¥याउँछ।
विद्यार्थीहरूलाई अध्ययनमा कसरी प्रोत्साहन दिन सकिन्छ ?
सही सोचले विद्यार्थीहरूलाई उनीहरूको अध्ययनमा प्रोत्साहित गर्न सधैं महŒवपूर्ण भूमिका खेल्छ। यदि दृष्टिकोण प्रभावकारी छैन भने स्वाभाविक रूपमा विद्यार्थीमा अध्ययनप्रति झुकाव रहँदैन। विद्यार्थीलाई पढनका लागि सधैं रमाइलो र आकर्षक वातावरण बनाउनुपर्छ। ताकि थप सीप सिक्नका लागि विद्यार्थीमा सधैं चासो र चिन्तन भइरहोस्। यसलाई विद्यालयहरूमा नयाँनयाँ शिक्षण र सिकाइको विकास गर्नुपर्छ। घरमा पनि अभिभावकहरूद्वारा थप पर्यवेक्षण गर्न सकियोस्।
बालबालिकाको भविष्य सुन्दर बनाउन परिवारको भूमिका कस्तो हुनुपर्छ ?
बालबालिकाको भविष्य निर्माण गर्न घरको वातावरण निकै महŒवपूर्ण हुन्छ। आमाबाबुले आफ्ना बालबालिकाको व्यवहार र चासोको विश्लेषण गर्नुपर्छ र आफ्ना बालबालिकाको थप विकास गर्ने गतिविधिहरूमा धकेल्नुपर्छ। आमाबाबुले सधैं आफ्ना बालबालिकालाई निश्चित लक्ष्यहरू प्राप्त गर्न दबाब दिनुको सट्टा सुधार गर्न प्रोत्साहित गर्ने प्रयास गर्नुपर्छ। त्यसैले आमाबाबुले बालबालिकालाई उनीहरूले के सिकिरहेका छन् ? उनीहरूका रुचि के के हुन् ? भन्ने बारेमा बढी समय दिनुपर्छ। आफ्ना बालबालिकालाई प्रश्नहरूको जवाफ खोज्नमा सहयोग गर्नुको सट्टा उनीहरूलाई जवाफहरू उपलब्ध गराउन सहयोग गर्नुपर्छ। यसले बालबालिकाहरूलाई स्वतन्त्र र उनीहरूको क्षमताको बारेमा बढी सचेत हुन अनुमति दिनेछ।
बालबालिकाले विद्यालयमा के कस्ता समस्या व्यहोर्ने गरेका छन् ? ती समस्या कसरी समाधान गर्न सकिन्छ ?
विज्ञान र प्रविधि विकासले विश्व एक गाउँमा परिणत भएको छ। तर विद्यालयले बालबालिकालाई विश्वव्यापी बजारका लागि तयार गर्न सफल भइरहेका छैनन्। विद्यार्थीको वास्तविक क्षमता र उनीहरूले के गर्न सक्छन् भन्ने कुरा बुझ्न पनि असफल भएका छन्। अधिकांश विद्यालयहरू अझै पनि परम्परागत शिक्षण पद्धतिमा केन्द्रित छन्। जबकि नयाँ पेसाहरूलाई नयाँ सीपको आवश्यकता पर्दछ। नयाँ र अभिनव दृष्टिकोणमार्फत मात्र प्राप्त गर्न सकिन्छ।
त्यसैले विद्यालयहरूले प्रत्येक बालबालिकाको क्षमता बुझ्ने प्रयास गर्नुपर्छ। उनीहरूलाई फाइदा नपुग्ने कुनै कुरामा धकेल्नुको सट्टा उनीहरूको भविष्यलाई मार्गदर्शन गर्ने प्रयास गर्नुपर्छ। तिनीहरूले अन्तर्राष्ट्रिय स्तरमा पनि प्रतिस्पर्धा गर्न सक्ने सीप सिकाउनुपर्छ।
प्रतिक्रिया दिनुहोस !
