सुदुरपश्चिममा दल विभाजित

मलाई ३० जनाको समर्थन छ : लक्ष्मण किशोर चौधरी

मलाई ३० जनाको समर्थन छ : लक्ष्मण किशोर चौधरी

दुईवटा दाबी पेस भए, यस्तो किन ?

होइन, कहाँ भए दुइटा दाबी ? मेरो त एउटै दाबी छ। मसँग प्रस्ट बहुमत छ। मैले पेस गरेका ‘डकुमेन्ट’ सबै ठीक छन्। कांग्रेस, समाजवादीसहितको समर्थनमा मैले दाबी पेस गरेको छु। दाबी जतिवटा पेस गरिए पनि बहुमत पुर्‍याउन सक्ने वा पुर्‍याइसकेको व्यक्तिलाई मुख्यमन्त्री नियुक्त हुनुपर्छ।

कति जनाको समर्थन छ तपाईंलाई ?

२८ जनाको नि ! कांग्रेसका १८, उन्मुक्तिका ७, नेकपा एकीकृत समाजवादीका ४ जना र राप्रपाका १ जनाको समर्थन रहेको पत्र प्रदेश प्रमुखज्यूलाई आइतबार नै बुझाइसकेका छौं। 

सुदूरपश्चिमको सरकारका लागि २७ जना बहुमत होइन ?

हो भने हामीले ३० जनाको समर्थन रहेको पत्र बुझाइसकेका छौं। प्रदेश प्रमुखज्यूले हिजै मुख्यमन्त्रीमा मलाई नियुक्त गर्नुपर्ने हो, तर उहाँले समय माग्नुभएको छ।

नागरिक उन्मुक्तिका ७ जनाको समर्थन छ भन्नुभयो, तर त्यहाँ त दुई समूह छैनन् र ? 
त्यो कुरामा म धेरै प्रतिक्रिया दिन चाहन्न। नागरिक उन्मुक्ति एउटा पार्टी हो। त्यस पार्टीको तर्फबाट सुदूरपश्चिममा ७ जना प्रदेशसभा सदस्य छन्। म मुख्यमन्त्री नियुक्त भएपछि उनीहरू सातै जनाले मलाई विश्वासको मत दिनेछन्। म यस कुरामा ढुक्क छु। बाँकी त्यसपछि भनौला।

प्रदेश प्रमुखले के भन्नुभएको छ  ?
प्रदेश प्रमुखले २ दिनको समय दिनुहोस, दुई/दुईवटा दाबी एकै पार्टीबाट आएपछि आधिकारीक कुराहरू बुझ्न समय चाहिन्छ भन्नुभएको छ। मंगलबार उनले माग्नुभएको २ दिनको समय सकिन्छ। त्यसपछि म मुख्यमन्त्रीमा नियुक्त हुन्छु। 

तपाईं बढो ढुक्क हुनुहुन्छ त ?
अब चारवटा पार्टीको समर्थन मलाई छ। हामी ३० जना प्रदेशसभा सदस्य छौं। बहुमत भनेको २७ जना हो भनेपछि म किन ढुक्क नहुने ? तर, प्रदेश प्रमुखज्यूले मलाई आइतबार दाबी पेस गरेकै दिन मुख्यमन्त्रीमा नियुक्त गर्नुपर्ने हो, गर्नुभएन। 

मैले दिउँसो २ बजे नै दाबी पेस गरेको हुँ। उहाँले कानुन नबुझेको हो कि वा कसैको डिजाइनमा चलिरहनु भएको हो ? मलाई थाहा छैन। तर मेरो आग्रह के हो भने प्रदेश प्रमुखले कानुन सम्मत कुरामा पछि हट्नु हुन्न। उनको निष्पक्षता देखिनुपर्छ।

सशरीर (भौतिक रूपमा) उपस्थित हुनुपर्ने कुरा पनि सुनिन आएको छ। के हो खासमा ?
होइन, नेपालको संविधानको धारा १६८ (२) अनुसार सरकार गठनको आह्वान भएको हो। त्यो धारामा दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त प्रदेशसभा सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्न सक्ने प्रावधान छ।

हामी पनि चार दलका ३० जना छौं। चारवटै दलका नेता र प्रमुख सचेतकहरूले हस्ताक्षर गरेका छन्। बहुमत सदस्य छन् भन्ने दाबी पेश गरेका छौं। बाँकी कुरा त विश्वासको मत दिने बेला थाहा भइहाल्छ नि !

- शिवराज भट्टसँगको कुराकानीमा आधारित


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.