चैते दशैंमा गह्रौँकालिकामा भक्तजनको भीड

चैते दशैंमा गह्रौँकालिकामा भक्तजनको भीड
सुन्नुहोस्

स्याङ्जा : स्याङ्जाको प्रसिद्ध धार्मिक स्थल गह्रौँकालिका भगवती मन्दिरमा बुधवार उल्लेख्य भक्तजनहरुले मन्दिरमा दर्शन तथा पूजापाठ गरेका छन्। चैते दशैंको अवसर पारेर वालिङ–८ र गल्याङ नगरपालिका १० को सङ्गमस्थलमा रहेको गह्रौँकालिका मन्दिरमा दिनभरजसो पुजा गर्नेको भीडभाड नै रह्यो। 

यहाँ चैते दशैँ र बडादसैँका नवदुर्गाका दिनहरुमा विशेष पुजाआजा सहित धार्मिक मेला लाग्छ। । चैते दशैँको प्रतिपदादेखि पुर्णिमा सम्म र बडादशैँको घटस्थापनादेखि कोजाग्रात पूर्णिमाको दिनसम्ममा भक्तजनहरुको उल्लेख्य हुन्छन्। दशैँ बाहेक अन्य दिनहरुमा पनि यहाँ आन्तरिक तथा वाह्य पर्यटकहरु मन्दिर दर्शन तथा भ्रमणका लागी आउने गरेका हुन्छन्।

पछिल्लो समय गह्रौँसुर सम्म जाने सडकको स्तरोन्नति, मन्दिर परिसर तथा मन्दिरको स्तरोन्नति एवं अन्य भौतिक पुर्वाधारहरुको निर्माण, खानेपानीको सहज व्यवस्था भएकाले धार्मिक तथा अन्य रमाइलो गर्न पिकनिक, भ्रमण, अनुसन्धान लगायतका लागि आउने गरेको मन्दिरका कार्यालय सचिव थमन गुरुङले जानकारी दिए। यहाँ भाकल र वलीपुजा समेत हुन्छ।

बाइसे चौबीसे राज्यअन्तर्गतको गह्रौँकोट राज्यका प्रथम राजा दशरथ खाँणको समयमा स्थापित ऐतिहासिक एवं पुरातात्विक मन्दिर ५५० वर्ष पुरानो मानिन्छ। एकादशी, औँशीबाहेक यहाँ हरेक दिन पुजाआजा र आवश्यकता अनुरुप बलि दिने गरिन्छ।  स्याङ्जा लगायत पाल्पा, गुल्मी, पर्वत, बागलुङ, तनहुँ, बुटवल, पोखराबाट यहाँ बर्सेनि हजारौँ भक्तजन पूजाआजाका लागि आउने गर्छन्। 

मनोकामना पुरा हुने जनाउदै पुजाआजा सहित भाकल गर्नेहरु पनि धेरै भेटिन्छन् यहाँ। भाकल पुरा भएपछि पुनः आउनेहरु पनि उत्तीकै हुन्छन। वालिङ बजारबाट करिब ८ किलोमिटरको कच्ची ग्रामीण सडक मन्दिरमा पुग्न सकिन्छ। समुद्र सतहदेखि करिब एक हजार ६०० मिटरको उचाइमा छ। यहाबाट हिमाली हिमश्रृङ्खला, पाल्पा, नवलपरासी, कास्की, गुल्मी, पाल्पा, तनहुँ लगायतका जिल्लाका केही भेग देख्न सकिन्छ। 

चैते दशैँ अन्तर्गत नवमीका अवसरमा जिल्लाका अन्य कोतघरहरु एवं देवी मन्दिरहरुमा समेत विशेष पुजाआजा गरिएका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.