१० प्रतिशत विपन्नको निःशुल्क उपचार गर्न निर्देशन

१० प्रतिशत विपन्नको निःशुल्क उपचार गर्न निर्देशन
सांकेतिक तस्बिर।
सुन्नुहोस्

हेटौंडा : जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौंडा मोडेल अस्पताललाई कम्तीमा १० प्रतिशत विपन्नको निःशुल्क उपचार गर्न निर्देशन दिएको छ । कार्यालयको नेतृत्वमा विषयगत कार्यालयका प्रतिनिधि सम्मिलित टोलीले मङ्गलबार अनुगमनका क्रममा सो अनुसारको सेवा उपलब्ध नगराएको पाएपछि उक्त निर्देशन दिएको हो । 

जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रशासकीय अधिकृत गुणराज न्यौपानेका अनुसार अनुगमनको क्रममा निजी स्वास्थ्य संस्था एकीकृत अनुगमन चेक लिस्टमा भएअनुसार महिला र पुरुषलाई छुट्टै शौचालय, नार्कोटिन औषधि बिक्री गर्ने व्यवस्था, कम्तीमा १० प्रतिशत विपन्नलाई निःशुल्क उपचारको योजना, सूचना अधिकारीको व्यवस्था, सेवासँग सम्बन्धित ऐन नियमावली, ऐम्बुलेन्सको व्यवस्था नरहेको पाइएको हो ।

त्यस्तै, फार्मेसीको प्रमाणपत्र सच्याउनुपर्ने, म्याद सकिएको औषधि फिर्ता गर्नुपर्ने, सी ग्रडेको ल्याबमा प्रयोगशाला सञ्चालन गर्दा नियमबमोजिम न्यूनतम जनशक्ति राख्नुपर्ने, प्रयोगशाला शाखामा फोहर व्यवस्थापन गर्नुपर्ने, रेफ्रिजेरेटर टेम्प्रेचर चेक लिस्ट राख्ने, हट एयर मिटर राख्ने, अटोमेटिक मेसिन सञ्चालनका लागि एसी २४ घण्टा नियमित सञ्चालन नरहेको पाइएकाले सच्याउन निर्देशन दिएको हो ।

टोलीले अस्पतालको प्रयोगशाला, फिजियोथेरापी, इमर्जेन्सी, शल्यक्रिया थियटर, उच्च संवेदनशील कक्ष, आइसीयु, जनरल वार्डमा अनुगमन गरेको थियो । प्रशासनले केही दिनअघि मकवानपुर सहकारी अस्पताल, सिटी अस्पताल र सञ्चो अस्पतालमा पनि अनुगमन गरेको थियो । रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.