एकाकार हुँदै थारू समुदाय

एकाकार हुँदै थारू समुदाय
सुन्नुहोस्

चैत ४–५ गते सम्पन्न प्रथम अन्तर्राष्ट्रिय थारू सम्मेलनले विधान मस्यौदा, सामाजिक साँस्कृतिक एवं जनसम्पर्क, राजनीतिक परिषद् समिति एवं थारू अध्ययन अनुसन्धान केन्द्र तथा थारू रेजिमेन्ट स्थापना गर्ने सर्वसम्मत निर्णयहरू ठाकुरबाबा घोषणापत्र सार्वजनिक गरेको छ।

गुलरिया : बर्दियाको ठाकुरबाबा नगरपालिका भुरिगाउँमा आयोजित अन्तर्राष्ट्रिय महासभाको पहिलो थारू सम्मेलनको बन्द सत्रले नेपाल–भारतमा छरिएर रहेका थारू समुदायहरूको साँस्कृतिक, भाषिक एवं आर्थिक समृद्धि संरक्षणार्थ गोलबद्ध हुने निर्णय गर्दै घोषणापत्र जारी गरेको छ। 

चैत ४–५ गते सम्पन्न प्रथम अन्तर्राष्ट्रिय थारू सम्मेलनले विधान मस्यौदा, सामाजिक साँस्कृतिक एवं जनसम्पर्क, राजनीतिक परिषद् समिति एवं थारू अध्ययन अनुसन्धान केन्द्र तथा थारू रेजिमेन्ट स्थापना गर्ने सर्वसम्मत निर्णयहरू ठाकुरबाबा घोषणापत्र सार्वजनिक गरेको छ।

नेपाल–भारत दुई देशमा बसोबास गर्दै आएका थारू जातिको सामाजिक, साँस्कृतिक, भाषिक एवं आर्थिक उन्नतिलगायत जनजीवनमा प्रतिकूल प्रभाव ल्याउन सक्ने समस्याहरू कूटनीतिक माध्यमबाट समाधान गर्न अन्तर्राष्ट्रिय थारू महासभालाई संस्थागत गर्नुपर्ने आवश्यकता रहेको अन्तर्राष्ट्रिय थारू सम्मेलन नेपाल संयोजक तथा महासभाका संगठनमन्त्री श्रवण थारूले बताए। महासभालाई संस्थागत गर्न विधान आवश्यक पर्ने भएकाले आर्थिक, सामाजिक, राजनीतिक एवं साँस्कृतिक सहकार्यमार्फत निर्देशित विधान मस्यौदा समिति बनाएका छौं। 

मस्यौदा समितिमा गोविन्द चौधरी, नवलपरासी नेपाल, (पूर्वशिक्षा राज्यमन्त्री), गोपाल सिंह राणा (विधायक उत्तराखण्ड भारत), डाक्टर उमाशंकरप्रसाद चौधरी, सुरेन्द्र चौधरी (दांग), विनोद चौधरी उत्तर प्रदेस भारत, विजयबहादुर चौधरी, उत्तराखण्ड भारत र योगन्द्र काजी भारत विहारबाट सम्मिलित छन्। उनले भने साँस्कृति एवं जनसम्पर्क समितिमा नेपालबाट श्रवण थारू, रामकुमार चौधरी, रामकृष्ण चौधरी, प्रभा चौधरी र कोशिला कुमारी चौधरी छन्। त्यस्तै राजनीतिक परिषद् एवं समितिमा भारतबाट विजय बहादुर चौधरी, गोपाल सिंह राणा र दीपनारायण प्रसाद चौधरी तथा नेपालबाट सुरेन्द्र चौधरी, गोविन्द चौधरी, लक्ष्मण थारू र श्रवण थारू छन्।

दुवै देशका थारू जातिको राजनीतिक कूटनीटिक सम्बन्ध मजबुत बनाउन राजनीतिक परिषद् बनाउने सहमति भएको उनले जानकारी दिए।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.