सहकारीका समस्या समाधान गर्न समिति गठन

सहकारीका समस्या समाधान गर्न समिति गठन
फाइल तस्बिर।
सुन्नुहोस्

महासंघको बैठकले ओमदेवी मल्लको संयोजकत्वमा समस्या समाधान संयोजन समिति गठन गरेको हो।

काठमाडौं : राष्ट्रिय सहकारी महासंघले सहकारीका समस्या समाधान गर्न पहल थालेको छ। महासंघको बैठकले ओमदेवी मल्लको संयोजकत्वमा समस्या समाधान संयोजन समिति गठन गरेको हो। समितिमा सञ्चालक शिव डाँगी र राजेन्द्र पौडेल छन्। 

समितिले विषयगत केन्द्रीय संघ, राष्ट्रिय सहकारी बैंक, प्रदेश तथा जिल्लास्तरीय सहकारी संघहरु, नियामक निकाय तथा सरोकारवाला सबैसँग आवश्यक समन्वय गरी समस्या समाधानको पहलकदमी गर्न समिति गठन गरिएको अध्यक्ष मिनराज कँडेलले जानकारी दिए। 

सहकारीमा संकट चुलिदैँ गएपछि केही सञ्चालकहरुले सहकारी बचायौं राष्ट्रिय अभियान सञ्चालन गरेका छन्। अभियानले १३ बुँधे माग राखी केही दिनदेखि महासंघको विरुद्धमा आन्दोलन गर्दै आएको छ। संघर्ष समितिले महासंघको परिसरमा सोमबार दिनभर अनसन बसेको थियो। 

समितिले सहकारीको सामूहिक समस्याका रुपमा स्वीकार गर्दै समाधानका लागि आवश्यक सम्बोधन गर्नुपर्ने, सन्दर्भ ब्याजदर स्वचालित हुनुपर्ने, तरलता संकट टार्न राज्यले कोषको व्यवस्था गर्नुपर्ने, कर्जा सूचना केन्द्र र कर्जा असुली न्यायाधिकरण तत्काल स्थापना गर्न माग गरेका छन्। ऋण तिर्न अटेर गर्ने ऋणी तथा जमानीको चल, अचल सम्पत्ति संस्थाको पत्रका आधारमा रोक्का हुनुपर्ने, २५ लाख बचतको सीमा हटाउनुपर्ने, ब्याजकर दाखिला गर्ने समय १ वर्ष थप गर्नुपर्ने, जखेडा कोषबाहेक १२ वटा कोष खारेज हुनुपर्ने र जगेडा कोषमा कर नलाग्ने व्यवस्था हुनुपर्ने, नियमन गर्न दोस्रो टायर इनिस्च्यिुट गठन हुनुपर्नेलगायतका माग राख्दै आएका छन्। 

महासंघले १३ बुँदे माग आत्मसात गर्दै समिति गठन गरेको जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.