मिटरब्याजी पीडित र नगर प्रहरीबीच घम्साघम्सी (फोटो फिचर)
काठमाडौं : काठमाडौं आइपुगेका मिटरब्याजी पीडितहरू र नगर प्रहरीबीच झडप भएको छ। नगरप्रहरीले खुलामञ्चको गेटमा ताल्चा लगाइदिएपछि पीडितहरूले विरोध प्रदर्शन गरेका हुन्। मिटरब्याज पीडितहरूले खुलामञ्चमै बास बस्न पाउनुपर्ने माग गरेका थिए। यद्यपि नगर प्रहरीले धर्मशालामा बस्न आग्रह गरेका थिए।
बर्दिबासबाट १२ दिनको पैदल यात्रा गरेर उनीहरू काठमाडौं आइपुगेका हुन्। मिटरब्याजीलाई कारबाही गर्नुपर्ने, तमसुक व्यवस्था खारेज गर्नुपर्ने मागसहित उनीहरूले धर्ना सुरु गरेका छन्।