यस्तो छ आइतबारको मौसम

सुन्नुहोस्
Powered by
ONE
काठमाडौं : आइतबार देशभर आंशिकदेखि सामान्य बदली रहने छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भूभागहरूका केही स्थानहरू तथा तराई भूभागका थोरै स्थानमा मेघगर्जन/ चट्याङ सहित क्षणिक/हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
आइतबार राति देशका पहाडी भूभागका थोरै स्थानहरूमा तथा तराई भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ सहित क्षणिक/हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
काठमाडौंमा शनिबार अपराह्न हल्कादेखि मध्यम वर्षा भएको छ। प्रि-मनसुनी वर्षाले उपत्यकामा केही चिसो महसुस भएको छ। महाशाखाको पछिल्लो विवरणमा काठमाडौंमा तीन मिलिमिटर वर्षा मापन गरिएको छ।
प्रतिक्रिया दिनुहोस !
