दाङमा नदीजन्य पदार्थको अवैध दोहन

दाङमा नदीजन्य पदार्थको अवैध दोहन
दाङको शान्तिनगरमा रहेको बहुला खोलामा अनाधिकृ रूपमा गरिएको दोहन। तस्बिर : गोपाल शर्मा भट्टराई
सुन्नुहोस्

दाङ : दाङ जिल्लाका विभिन्न खोलामा नदीजन्य पदार्थको अवैध उत्खनन बढेको छ। खोला भरी नदीजन्य वस्तुको अनाधिृकत दोहन गरेर गहिरा खाल्डा बनाइएका छन्। तोकिएको मापदण्ड मिचेर अनाधिकृत दोहन बढिरहेको हो। ठेक्का सम्झौता गरेको भन्दा तल र माथिबाट पनि उत्खनन भइरहेको हो।

शान्तिनगर गाउँपालिकामा पर्ने बहुला खोलामा अहिले यस्तै भएको छ। पालिकाले विष्णुपुर घाटको ३ सय ६० मिटर तलमाथिको उत्खननको ठेक्का लगाएको छ तर ठेक्का लिएको कम्पनीले अनाधिकृत रूपमा जथाभावी उत्खनन गरिरहेको छ। ठेक्का सम्झौता गरेको स्थानभन्दा झन्डै ५÷७ मिटर तलदेखि नै उत्खनन भएको स्थानीयले बताएका छन्।

शान्तिनगरको बहुला खोलाको नदीजन्य पदार्थ संकलनका लागि गाउँपालिकाले सनलाइट निर्माण सेवालाई २२ लाखमा ठेक्का दिएको छ। निश्चित क्षेत्र तोकेर सम्झौता गरिए पनि बहुला खोलामा जथाभावी रुपमा उत्खनन् गरिएको छ।

गाउँपालिकाले उत्तरमा खिलतपुर जाने सडक, पूर्वमा जंगपुर, पश्चिममा रातापौरा र दक्षिणमा बाघढुई घाटको बीच भागलाई आधार मानेर ठेक्का दिएको थियो। 

गाउँपाालिकाले वडा नम्बर २ मा पर्ने ठाउँमा ठेक्का दिए पनि वडा नम्बर ५ बाट पनि नदीजन्य पदार्थको उत्खनन भएको स्थानीयल बताएका छन्। अहिले त्यस ठेकेदार कम्पनी (सनलाइट निर्माण सेवा) लाई नदीजन्य पदार्थतको उत्खननमा रोक लगाइएको छ। 

बहुला खोलामा जथाभावी रूपमा उत्खनन भएको पाइएपछि तत्काललाई उत्खननमा रोक लगाइएको शान्तिनगर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्ली खड्काले बताए। ‘ठेक्का लागेको ठाउँभन्दा अन्य ठाउँमा उत्खनन् भएको पाइएपछि अहिले तत्कालालाई रोक लगाइएको छ’, उनले भने। ‘गहिराई मापदण्डमा छ कि छैन ? नापजाँच गर्न बाँकी रहेको छ।’ 

उनले अनुगमनका लागि जिल्ला समन्वय समिति र जिल्ला प्रशासन कार्यालयलाई अनुरोध गरिएको बताए। ‘अनुगमन र नापजाँचका लागि प्रशासन र समन्वय समितिलाई जानकारी गराएका छौँ’, उनले भने। 

गाउँपालिकाले अहिलेसम्म दुई ठाउँमा मात्रै नदीजन्य पदार्थको उत्खननको अनुमति दिएको छ। वडा नम्बर २ को बहुला खोला र बबई नदी गरी दुई स्थानमा मात्रै नदीजन्य पदार्थको उत्खननका लागि अनुमतिदिएको प्रमुख प्रशासकीय अधिकृत खड्काले बताए। 

‘नदीजन्य पदार्थ उत्खनन गर्ने दुई कम्पनीलाई दुई ठाउँमा दिएका छौँ’, उनले भने। ‘बबई नदीमा उत्खनन चलिरहेको छ भने बहुलाखोलामा अहिले स्थगित गरिएको छ।’ प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले बहुला खोलामा जथाभावी रूपमा उत्खनन भएको जानकारीमा आएको बताए। उनले केही दिनमा अनुगमन गरिने बताए। 

प्रमुख जिल्ला अधिकारी वैद्यले नदीजन्य पदार्थको अबैध उत्खनन बढ्दै गएको खबरहरू आएको बताए। ‘हामीले राजपुर गाउँपालिका र गढवा गाउँपालिकामा पर्ने राप्ती नदीमा पनि अनुगमन गरेका थियौँ, ती ठाउँहरूमा पनि जथाभावीरुपमा उत्खनन भएको पाइएको छ’, प्रमुख जिल्ला अधिकारी वैद्यले  भने।

तर, स्थानीय बासिन्दाले भने प्रशासनकै मिलेमतोमा नदीजन्य पदार्थको उत्खनन हुने गरेको आरोप लगाएका छन्। शान्तिनगरको बहुला खोलामा पनि जथाभावी उत्खनन हुँदा पनि प्रशासन र स्थानीय तह मौन रहेको स्थानीयको आरोप छ।

‘खोलामा दिउँसोमा भन्दा रातको समयमा ट्याक्टर, टिप्परहरू हुन्छन्, हामीहरूले प्रहरीलाई खबर गर्दा पनि सुने नसुने जस्तो गर्छन्’, एकजना स्थानीयले भने। शान्तिनगर–२ का वडा अध्यक्ष सुनील वलीले पनि ठेक्का लागेको ठाउँभन्दा बाहिरबाट उत्खनन भएको स्वीकार गरे। ‘मापदण्डभन्दा बाहिर गएर उत्खनन भएको छ, उत्खनन गर्नुपर्ने नीति पनि पालना भएको छैन्, ठेक्का लागेको भन्दा अर्को ठाउँबाट पनि उत्खनन् भएको छ’ वडाध्यक्ष वलीले भने।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.