राष्ट्रिय सभा अध्यक्ष कप भलिबलको उपाधि बिहादीलाई
कुश्मा: राष्ट्रिय सभा अध्यक्ष कप अन्तरपालिका भलिबल प्रतियोगिताको उपाधि पर्वतको बिहादी गाउँपालिकाले हात पारेको छ।
पर्वतकै मोदी गाउँपालिका वडा नं. १ भुकताङ्लेमा आयोजित तेस्रो राष्ट्रिय सभा अध्यक्ष कप प्रतियोगितामा फलेवासलाई लगातार २ सेटमा पराजित गर्दै बिहादीले उपाधि हात पारेको हो।
जितसँगै बिहादी गाउँपालिकाले १ लाख ५५ हजार ५ सय ५५ नगद, शिल्ड, मेढल र प्रमाणपत्र प्राप्त गरेको छ ।
दोस्रो भएको फलेवास नगरपालिकाले १ लाख ५ हजार ५सय ५५ रुपैया प्राप्त गरेको छ। तेस्रो स्थान प्राप्त गरेको आयोजक मोदी गाउँपालिकाले ५५ हजार ५ सय ५५ रुपैया नगद र मेडल तथा प्रमाणपत्र पाएको छ।
त्यसैगरी महिला भलिबलको उपाधि धादिङ भलिबल क्लवले हात पारेको छ। अर्चलबोट भलिबल क्लबलाई २–१ सेटले पराजित गर्दै उपाधि हात पारेको हो। जितसँगै धादिङ भलिबल क्लवले ७७ हजार ७ सय ७७ रुपैयाँ प्राप्त गरेको छ भने दोस्रो बनेको अर्चलबोट भलिबल क्लव कास्कीले ४५ हजार ५ सय ५५ र तेस्रो मोदी-८ चित्रेले २५ हजार ५ सय २५ हात पारेको छ।