जिल्ला लिग फुटबलमा गुठी र बाल जीवनको जित

जिल्ला लिग फुटबलमा गुठी र बाल जीवनको जित
सुन्नुहोस्

बागलुङ : जिल्ला लिग फुटबल प्रतियोगितामा गुठी युनाइटेड र बाल जीवन खेलकुद क्लब (चिल्ड्रेन लाइफ स्पोर्टस् क्लब)ले विजय सुरुवात गरेका छन्। 

मंगलबार भएको पहिलो खेलमा गुठी युनाइटेडले रामरेखा फुटबल क्लबलाई ४–१ गोलअन्तरले पराजित गर्‍यो। सुरुवातदेखि आक्रमण खेलेको गुठीले १२ औं मिनेटमा निरज थकालीको गोलबाट अग्रता लिएको थियो। मनिष श्रेष्ठले प्रहार गरेको कर्नर बललाई निरजले सुन्दर हेडिङ गोल गरेका थिए। 

गुठीका लागि खेलको १७ औं मिनेटमा मनिष श्रेष्ठ, ५२ औं मिनेटमा निशान गुरुङ र अतिरिक्त समयमा जितेन्द्र पुनले गोल गरेका थिए। रामरेखाका लागि नरेश पुनले खेलको ६४ औं मिनेटमा गोल गरेका थिए। जितसँगै गुठीले तीन अंक जोड्दै समूहको शीर्षस्थानमा पुगेको छ।

यस्तै मंगलबार नै भएको दोस्रो खेलमा बाल जीवन खेलकुद क्लब (चिल्ड्रेन लाइफ स्पोर्टस् क्लब)ले वीर गोर्खाली युवा क्लबलाई २–० गोलअन्तरले पराजित गरेको हो। चिल्ड्रेन लाइफका लागि निश्चल महत र विजय छिनालले १/१ गोल गरेका थिए। निश्चलले दोस्रो हाफको ५ औं र विजयले २२ औं मिनेटमा गोल गरेका थिए। जितसँगै चिल्ड्रेन लाइफले तीन अंक जोड्दै समूहको दोस्रो स्थानमा रहेको छ।

प्रतियोगिता अन्तर्गत बुधबार दुई खेल हुनेछन्। पहिलो खेल बागलुङ कालिका युवा क्लब (बागलुङ सुधार केन्द्र) र पावर फिटनेस क्लब बीच हुनेछ भने दोस्रो खेल रुद्रेपिपल युवा क्लब र कालिका भगवती युवा क्लब बीच हुने आयोजक बागलुङ जिल्ला फुटबल संघका अध्यक्ष जय राजभण्डारीले जानकारी दिए।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.