उत्कृष्ट तयारी गर्न सदस्यसचिवको सुझाव

उत्कृष्ट तयारी गर्न सदस्यसचिवको सुझाव
सुन्नुहोस्

काठमाडौं : राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले पेरिस ओलम्पिकका लागि वाइल्ड कार्डमार्फत छनोट भएका ब्याडमिन्टन खेलाडी प्रिन्स दाहालसँग भेट गरी तयारीका लागि भरपुर उपयोग गर्न बताएका छन्। सदस्यसचिव घिसिङले सोमबार त्रिपुरेश्वरस्थित आफ्नै कार्यकक्षमा प्रिन्सलाई भेट गरी सो सुझाव दिएका हुन्।

‘पेरिस ओलम्पिकका लागि छनोट हुनु भएकोमा हार्दिक बधाइ। अब वाइल्ड कार्डका लागि खेल्न नपरे पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता भने टुट्नु हुँदैन’, सदस्यसचिव घिसिङले भने, ‘अन्तर्राष्ट्रिय सहभागिता भन्दैमा जुनसकै प्रतियोगिता खेल्ने पनि होइन। आफूभन्दा वरीयतामा माथि र बलिया खेलाडीसँग खेल्ने वातावरण बनाउन संघको ध्यानकर्षण गराउन चाहन्छु। अझ ओलम्पिककै लागि छनोट भएका अन्य राष्ट्रका खेलाडीसँग प्रतिस्पर्धा गर्ने अवसर मिले झन् राम्रो। तयारीका लागि परिषद्ले गर्ने सहयोगमा कुनै कमी हुने छैन।’

सदस्यसचिव घिसिङले प्रिन्सको तयारी प्रशिक्षणका लागि विशेषज्ञ प्रशिक्षकलाई नेपालमा बोलाउने वा प्रिन्सलाई विदेशमा पठाउने भनेर समन्वय गर्न संघलाई निर्देशन दिँदै हरेक अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रिन्स सहभागी हुँदा होस् वा वैदेशिक प्रशिक्षणमा जाँदा नेपाली प्रशिक्षक पनि सँगै जाने व्यवस्था मिलाउनु पर्नेमा जोड दिए।

भेटकै दौरान सदस्यसचिव घिसिङले प्रिन्सलाई आवश्यक पर्ने खेल सामग्रीका विषयमा सोध्दै प्रिन्सले माग गरेको खेल सामग्री सोमबारै राखेपले उपलब्ध गराएको थियो। प्रिन्सले ओलम्पिकमा छनोट भएकोमा खुसी व्यक्त गर्दै जिम्मेवारी पनि थपिएको महसुस गरेको बताए। प्रिन्स ओलम्पिकको ब्याडमिन्टनमा प्रतिस्पर्धा गर्ने पहिलो नेपाली खेलाडी हुने छन्।

भेटमा नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठ र ब्याडमिन्टनका मुख्य प्रशिक्षक सुदीप योञ्जनको पनि उपस्थिति रहेको थियो। अध्यक्ष श्रेष्ठले प्रिन्सलाई वाइल्ड कार्ड दिलाउन संघले पनि धेरै मेहनत गरेको बताए।
प्रिन्स हाल विश्व वरीयतामा एक सय ७९औं स्थानमा छन्। जुनियर विश्व वरीयतामा प्रिन्स २०२३ देखि २०२४ को अवधिमा ६ महिना शीर्ष स्थानमा थिए।

प्रिन्स ओलम्पिकको ब्याडमिन्टनमा प्रतिस्पर्धा गर्ने पहिलो नेपाली खेलाडी हुने छन्।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.