संविधानलाई संस्थागत गर्न राष्ट्रपतिमा मेरो उम्मेदवारी : रामचन्द्र पौडेल

संविधानलाई संस्थागत गर्न राष्ट्रपतिमा मेरो उम्मेदवारी : रामचन्द्र पौडेल
सुन्नुहोस्

बैठकपछि पौडेलले पार्टीले आफूलाई न्याय गरेको र पदको गरिमा कायम राख्ने जिकिर गरे।

काठमाडौं : नेपाली कांग्रेसले वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधानलाई संस्थागत गर्नको निम्ति राष्ट्रपतिमा आफ्नो उम्मेदवारी रहेको जानकारी दिएका छन्। आज बिहान बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकले पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेपछि उनले यस्तो बताएका हुन्।  बैठकपछि पौडेलले पार्टीले आफूलाई न्याय गरेको र पदको गरिमा कायम राख्ने जिकिर गरे।

बैठकमा पार्टी सभापति शेर बहादुर देउवाले पौडेलको नाम प्रस्ताव गरेका थिए। नेपालको संविधानको रक्षा र गणतन्त्रको सुदृढिकरणका लागि कांग्रेसको उम्मेद्वारलाई विजयी गराउन सबै दललाई अनुरोध गरेको छ। यसैगरी बैंशाख १० गते हुने चितवन–२ मा हुने उपनिर्वाचनमा पार्टीका तर्फबाट खडा गर्ने उम्मेद्वारलाई औपचारिक पत्र दिने जिम्मेवारी पार्टी सभापतिलाई दिने निर्णय भएको कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिए।

कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले राष्ट्रपतिमा आफू आकांक्षी भए पनि रामचन्द्र पौडेलका नाममा सर्वसम्मत निर्णय गरेको बताए। पार्टीका तर्फबाट राष्ट्रपति उमेदवार बन्ने कुरामा एकमतले निर्णय गर्न आफुले समर्थन जनाएको उनको भनाई छ। 

दलहरुबीच भएको पछिल्लो सहमति अनुसार कांग्रेस–माओवादीसहित ८ दलीय गठबन्धन बनेको छ। जसअनुसार राष्ट्रपतिमा कांग्रेसका उम्मेदवारलाई समर्थन गर्ने सहमति भएको थियो। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.