जसपालाई उपराष्ट्रपति दिने समझदारी, राष्ट्रपतिमा कांग्रेस नै बलियो

जसपालाई उपराष्ट्रपति दिने समझदारी, राष्ट्रपतिमा कांग्रेस नै बलियो
सुन्नुहोस्

काठमाडौंः चार दलीय गठबन्धनमा उपराष्ट्रपति जनता समाजवादी पार्टीलाई दिने समझदारी भएको छ। आजको चार दलीय गठबन्धनमा उपराष्ट्रपति जसपालाई दिने करिबकरिब सहमति भएको हो। तर, सहमतिले अन्तिम रुप भने लिएको छैन। 

राष्ट्रपतिमा नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीको दावी छ। आज बिहानको बसेको निर्वाचन अघिको पाँच दलीय गठबन्धनको बैठकले नेपाली कांग्रेसले अघि सारेको उम्मेदवारलाई राष्ट्रपतिमा सघाउने करिबकरिब समझदारी गरेको एक नेताले बताए।

जसपाका वरिष्ठ नेता राजेन्द्र श्रेष्ठले आफ्नो पार्टीलाई उपराष्ट्रपति दिने समझदारी भएको बताए। श्रेष्ठले भने, ‘उपराष्ट्रपति जसपालाई दिने सहमति भएको छ। आजका बैठकबाट यो विषयमा टुंगो लाग्छ।’ तर, उनले राष्ट्रपतिको उम्मेदवारबारे टुगों लगाउन छलफल भइरहेको बताए।

राष्ट्रपतिमा कांग्रेस र नेकपा एकीकृत समाजवादीले दावी गरेका छन् । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीले पनि जसपालाई उपराष्ट्रपतिमा सहयोग गर्ने सकारात्मक जवाफ दिएका छन् ।

जसपाले एमालेसँग पनि समानान्तर छलफल चलाइरहेको छ। सो छलफलमा पनि एमाले अध्यक्ष केपी शर्मा ओली जसपालाई उपराष्ट्रपति दिन सकारात्मक देखिएका छन्।

राष्ट्रपति र उपराष्ट्रपतिबारे अन्तिम निर्णय गर्न आजै बेलुकी ५ बजे बालुवाटारमै बैठक डाकिएको छ । त्यसका लागि आजको बैठकबाट दलहरुले आन्तरिक रुपमा छलफल गर्ने निर्णय नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जानकारी दिए। थापाले भने, ‘यहि गठबन्धनबाटै राष्ट्रपति र उपराष्ट्रपति बन्छ । तर, अन्तिम निर्णय भने दलहरूको छुट्टाछुट्टै बैठक बसेर निर्णयमा पुग्ने भन्ने भएको छ।’

कांग्रेस नेताहरूले कांग्रेसबाटै राष्ट्रपति हुने र त्यसका लागि सहमतिको प्रयास भइरहेको बताएका छन्। बैठकमा सहभागि एक नेताका अनुसार कांग्रेसलाई राष्ट्रपति दिनेबारे औपचारिक प्रस्ताव राखिएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.