राष्ट्रपति चयनमा सकस

आन्तरिक छलफल पछि साँझ पाँच बजे फेरि बैठक बस्ने चार दलको निष्कर्ष

आन्तरिक छलफल पछि साँझ पाँच बजे फेरि बैठक बस्ने चार दलको निष्कर्ष
सुन्नुहोस्

काठमाडौं: चार राजनीतिक दलको बैठक आज साँझ फेरि बैठक बस्ने समझदारी गर्दै बालुवाटारबाट बाहिरिएका छन्। बैठकको जानकारी दिँदै नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आज बिहानको बैठक सकारात्मक भएको बताए। 

उनले भने, 'आज बिहान पनि चार दल एक ठाउँमा बसेर लामो छलफल गर्‍यौँ। विभिन्न विकल्पका बारेमा प्रस्ताव आए। छलफल सकारात्मक भएको छ। आन्तरिक छलफल पछि आजै साँझ पाँच बजे फेरि बैठक बस्ने गरी हामी उठेका छौँ।'

बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादीका नेता सहभागी थिए। कांग्रेस सभापति शेरबहादुर देउवा, कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, नेकपा माओवादी केन्द्रबाट प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ सहभागी थिए। 

एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादव बैठकमा सहभागी थिए। यसअघि बिहीबार नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यलयमा बसेको तीन दलको बैठकले कांग्रेससँग छलफलल गर्ने निष्कर्ष निकालेको थियो। सोही अनुसार आज बिहानै पूर्वगठबन्धनका नेता छलफलमा जुटेका हुन्।

शनिबार राष्ट्रपति निर्वाचनका लागि मनोनयन दर्ता गर्ने कार्यतालिका छ। मनोनयन दर्ताको मिति नजिकिएपछि दलहरू छलफललाई तीव्र बनाउन थालेका छन्। आजको चार दलको बैठकलाई चुनाव अघिको पाँचदलीय गठबन्धन ब्युँताउने प्रयासका रुपमा पनि लिइएको छ। 

राष्ट्रपति चुनावमा राष्ट्रिय सहमति खोज्ने दावी गर्दै आएका प्रधानमन्त्री प्रचण्डले शुक्रबार बिहान चार दलको बैठकसँगै आजै सत्ता साझेदार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पनि वार्ता गर्ने तयारी गरेका छन्। 

नेकपा एमालेले राष्ट्रपति उम्मेदवार तय गर्न भोलि (शनिबार) बिहान ९ बजेलाई पार्टी सचिवालयको बैठक बोलाएको छ। त्यस्तै नेपाली कांग्रेसले पनि भोलि बिहान साढे ८ बजेलाई केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.