प्रधानमन्त्री प्रचण्ड र कांग्रेस नेता सिटौलाबीच भेटवार्ता, राष्ट्रपति चयनबारे छलफल

प्रधानमन्त्री प्रचण्ड र कांग्रेस नेता सिटौलाबीच भेटवार्ता, राष्ट्रपति चयनबारे छलफल
सुन्नुहोस्

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलीबीच भेटवार्ता भएको छ। शुक्रबार साँझ उनीहरूबीच बालुवाटारमा भेटवार्ता भएको हो। सिटौलाले राष्ट्रपतिमा राष्ट्रिय सहमति गर्न प्रधानमन्त्री प्रचण्डलाई प्रस्ताव गरेका थिए। 

उनले कांग्रेसले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोजेको भन्दै त्यही कारण २६ पुसमा विश्वासको मत दिएको स्मरण गराएका थिए। सिटौला राष्ट्रपतिको आकांक्षीसमेत रहेको कांग्रेसवृत्तमा चर्चा छ। सोही कारण पनि उनी तीव्र लबिङमा छन्। उनले प्रधानमन्त्री प्रचण्डलाई सत्ता गठबन्धनमा आबद्ध दलहरूलाई राष्ट्रिय सहमतिका लागि मनाउन आग्रह गरेका थिए।

'कांग्रेसको चाहना राष्ट्रपतिमा राष्ट्रिय सहमति होस् भन्ने हो। हामीले यही स्प्रिटलाई लिएर तपाइँ नेतृत्वको सरकारलाई विश्वासको मत दिएका थियौं। राष्ट्रिय सहमतिका लागि तपाईँले एमालेलगायत सत्तारुढ दलहरूलाई मनाउनुस्,' प्रधानमन्त्री प्रचण्ड र सिटौलाबीचको भएको छलफललाई उद्धृत गर्दै स्रोतले भनेको छ। 

प्रधानमन्त्री प्रचण्डले नेकपा एमाले अध्यक्ष ओलीले १० पुसको सहमतिलाई कायम राख्नुपर्ने अडान लिँदै आएको बताए। शुक्रबार दिउँसो बालकोट पुगेका प्रधानमन्त्री प्रचण्डलाई ओलीले १० पुसकै सहमति स्मरण गराएका थिए। जसमा माओवादीले प्रधानमन्त्री पाउँदा राष्ट्रपति र सभामुख एमालेले पाउनुपर्ने सहमति भएको थियो। तर सहमति विपरित प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय सहमतिको रटान लिएको एमाले नेताहरुको आरोप छ। 

प्रधानमन्त्री प्रचण्डले एमाले तत्काल ब्याक हुने अवस्थामा नरहेको सिटौलालाई जवाफ दिएका थिए। 'सकेसम्म राष्ट्रिय सहमतिमा जाऔं भन्ने हाम्रो नीति हो। पार्टीले पनि यही नीतिलाई अपनाएको छ। तर गठबन्धनमा आबद्ध दलहरूसँग निरन्तर छलफल भइरहेको छ। एमाले तत्कालै ब्याक हुने अवस्थामा पनि छैन,' उनले भने।

कांग्रेसले राष्ट्रपतिमा दाबी गरेपछि पछिल्लो समय एमाले सशंकित बनेको छ। प्रधानमन्त्री प्रचण्डले पनि राष्ट्रपतिमा राष्ट्रिय सहमतिको प्रस्ताव गरेपछि गठबन्धन नै संकटमा परेको छ। यद्यपि नेताहरूले गठबन्धन नभत्किने दाबी गरिरहेका छन्। शुक्रबार धनगढीमा आयोजित कार्यक्रममा उपप्रधान एवं अर्थमन्त्र विष्णु पौडेलले वर्तमान गठबन्धन पाँच वर्ष टिक्ने दाबी गरेका थिए। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.