मधेसमा भोलि माओवादीको बैठक, यी हुन् मुख्य एजेण्डा

मधेसमा भोलि माओवादीको बैठक, यी हुन् मुख्य एजेण्डा
सुन्नुहोस्

काठमाडौं : नेकपा माओवादी केन्द्रको मधेस प्रदेशको बैठक भोलि (शनिबार) महोत्तरीको बर्दिबासमा बस्दैछ। मधेश प्रदेसका इन्चार्ज गणेश साहका अनुसार बैठकमा हालै सम्पन्न स्थायी कमिटीले गरेको निर्णयबारे जानकारी गराइने छ। बैठकमा मधेस प्रदेशभित्रका केन्द्रीय सदस्यहरूको उपस्थित रहने छ। मधेसमा हालसम्म प्रदेश कमिटी गठन नभएकाले प्रदेशमा रहेका केन्द्रीय सदस्यहरूलाई सहभागी गराउन लागेको इन्चार्च साहले बताए।

दिउँसो २ बजे बस्ने बैठकलाई पार्टी महासचिव देव गुरुङले सम्बोधन गर्नेछन्। पार्टीको महाभिवेशन भएको एक वर्ष वितिसक्दा पनि आन्तरिक विवादका कारण मधेस प्रदेशमा माओवादीले प्रदेश कार्यसमिति चयन गर्न सकेको छैन।

पार्टी संगठन बलियो बनाउन माओवादी केन्द्रले चलाउन लागेको दुई महिने अभियानको कार्ययोजनाबारे बैठकमा छलफल हुने बताइएको छ। त्यसअनुसार जिल्ला इन्चार्जको नेतृत्वमा पालिकास्तरमा अभियान सञ्चालन गरिने छ। बैठकमा माओवादी उपमहासचिव गिरिराजमणि पोखरेल र नेता मात्रिका यादवलाई पनि आमन्त्रण गरिएको छ।

माओवादीले शक्ति निर्माणका लागि संगठन सुदृढीकरण अभियान चलाउन लागेको हो। अभियानमा वैचारिक राजनीतिक र संगठनात्मकका बारेमा कुरा गरिनेछ। अभियानका क्रममा नेता तथा कार्यकर्ताहरूले जनस्तरसम्मका भेटघाट, छलफल, सुझाव र रचनात्मक आलोचनाहरु संकलन गर्नेछन्। 

पार्टी सदस्यहरूको नवीकरण, सांगठनीककरण गरी जिम्मेवारी ठोस गर्ने माओवादी केन्द्रले जनाएको छ। पार्टी सदस्यहरूको अभिलेखीकरणलाई चुस्त/दुरुस्त बनाई संस्थागत गर्दै सबै पार्टी समितिहरूले एक समिति एक उत्पादनको नीतिलाई योजना बनाई कार्यान्वयन गर्न पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालले यसअघि सर्कुलर पठाएर निर्देशन दिइसकेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.