गृह मन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टीले नै पाउँछ : ओली

गृह मन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टीले नै पाउँछ : ओली

विराटनगर : नेकपा एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गृह मन्त्रालयको जिम्मेवारी राष्ट्रिय स्वतन्त्र पार्टीले नै पाउने बताएका छन् ।  विराटनगर विमानस्थलमा बिहीबार पत्रकारसँग कुरा गर्दै अध्यक्ष ओलीले गठबन्धनमा भएको सहमति कार्यान्वयन हुनुपर्नेमा जोड दिए।

यसअघि सत्ता गठबन्धनमा भएको सहमति नै रास्वपाका लागि गृह मन्त्रालयको जिम्मेवारी पाउने प्रमुख आधार भएको उनले बताए। उनले गृह मन्त्रालय रास्वपा बाहेक अन्य कुनैपनि पार्टीलाई नदिइने दाबी गरे । 

प्रधानमन्त्री प्रचण्ड र आफूबीच सो विषयमा आवश्यक छलफलसहितको सहमति समेत भइसकेको उनले स्पष्ट पारे । उनले भने,‘गृह मन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टीलाई दिने सहमति छ । मन्त्रालय पाउँदा मन्त्री कसलाई बनाउने भन्ने विषय भने उहाँहरूले आफै टुङ्गो लगाउनुहुन्छ ।’  गृह मन्त्रालयसम्बन्धी निर्णयका निम्ति अदालतको पूर्णपाठ पर्खिनुपर्ने कुनै आवश्यकता नरहेको अध्यक्ष ओलीले जिकिर गरे । उनले गृह मन्त्रालयको जिम्मेवारीको विषयमा पनि केहीदिनमै टुङ्गो लाग्ने उनले बताए ।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.