इटहरीकी रमाले जन्माइन तिम्ल्याहा छोरी

इटहरीकी रमाले जन्माइन तिम्ल्याहा छोरी

विराटनगर : सुनसरीको इटहरी-२० तरहरा बस्ने ३० वर्षीया रमा चौहानले आफ्नो पहिलो सन्तानका रूपमा तिम्ल्याहा शिशुलाई जन्म दिएकी छिन्।

गत कात्तिक १० गते विराटनगरस्थित विराट नर्सिङ होममा ६ महिनाकै गर्भधारणमा उनले तिम्ल्याहा छोरी जन्माएकी हुन्। 

आईभिएफ अर्थात् कृत्रिम गर्भाधारण विधिबाट चौहानले छोरी जन्माएकी हुन्। हाल आमा र तीनवटै छोरीको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ। 

अस्पतालका अनुसार छोरी जन्मिदा उनीहरूको तौल सामान्यभन्दा निकै कम थियो। एउटाको ८०० र बाँकी दुईवटा छोरीको तौल ९०० ग्राम मात्र थियो। 

हस्पिटलका वरिष्ठ नवजात तथा बालरोग विशेषज्ञ डा. दिपराज अधिकारीको नेतृत्वमा १६ जनाको स्वास्थ्यकर्मीको टोलीले तिम्ल्याहा नवजात शिशुको सफल उपचार गरेपछि हाल उनीहरूको अवस्था सामान्य छ। अस्पतालकी वरिष्ठ स्त्री, प्रसुति तथा निःसन्तान बिशेषज्ञ डा. प्रेरणा दाहाल नेतृत्वको टोलीले उनको प्रसुति गरेको थियो।

हाल आमाछोरी चारैजना खतरामुक्त अवस्थामा रहेको अस्पताल प्रशासनले बिहीबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ। 

हाल आमाको संलग्नतासँगै छोरीहरूलाई कङगारु मदर केयरका निम्त्ति अस्पतालको नर्सरीमा राख्ने तयारी भइरहेको छ। 
उनीहरूको तौल १३ सयदेखि १५ सय पुगेपछि पारिवारिक पालनपोषणको अवस्था विश्लेषणका आधारमा उनीहरूलाई डिस्चार्ज दिने तयारी रहेको अस्पतालले जनाएको छ। 

शिशुहरूमा अहिले कुनै समस्या नदेखिएकाले भविष्यमा हुनसक्ने सम्भावित जोखिमबाट समेत उनीहरू खतरामुक्त रहेको अस्पतालका वरिष्ठ नवजात शिशु तथा बालरोग विशेषज्ञ डा. दीपराज अधिकारीले बताए।

शिशुहरूको तौल सामान्य अवस्थामा पुग्न करिब १५ दिनको समय लाग्ने अस्पतालले जनाएको छ। अस्पतालका अनुसार हाल शिशुहरू १४ दिनको भएका छन्। 

विराट नर्सिङ होमको आईभिएफ प्रविधिका कारण पहिलो सन्तानका रूपमा छोरी पाएपछि लामो समयदेखि निःसन्तान रहँदै आएकी रमाले खुसी व्यक्त गरेकी छिन्।

सुनसरीको इटहरी बस्ने रमा भने गत कात्तिक ३ गते विराट नर्सिङ होम भर्ना भएकी थिइन्।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.