विराट शिक्षण अस्पतालको सेवा अब धरानको भोटेपुलमा पनि

विराट शिक्षण अस्पतालको सेवा अब धरानको भोटेपुलमा पनि

विराटनगर : विराट शिक्षण अस्पतालले सुनसरीको धरान-८ स्थित भोटेपुलमा स्वास्थ्य शाखा स्थापना गरी आफ्नो पोलिक्लिनिक सेवा सुरु गरेको छ।

सर्वसाधारणको सहजता र गुणस्तरीय स्वास्थ्य पहुँचका निम्त्ति बुधबारबाट अस्पतालले उक्त सेवा सुरु गरेको हो। बुधबार एक कार्यक्रमको आयोजना गरि अस्पतालले पोलिक्लिनिक सेवा प्रवाहका निम्त्ति स्थापित विराट मेडिकल सेन्टरको उद्घाटन गरेको छ।

अस्पतालका संस्थापक अध्यक्ष डा. ज्ञानेन्द्रमान सिंह कार्की र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले संयुक्तरूपमा मेडिकल सेन्टरको उद्घाटन गरेका हुन्। डा. कार्कीको जन्मदिनको अवसर पारेर उक्त मेडिकल सेन्टर उद्घाटन गरिएको बताइएको छ। कार्यक्रममा बोल्दै डा. कार्कीले सरकारले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्ने आवश्यकता रहेको बताए।

मेडिकल सेन्टरबाट विराट शिक्षण अस्पताले दिने सबै प्रकृतिका बिशेषज्ञ सेवाहरु प्राप्त गर्न सकिने जनाइएको छ। मेडिकल सेन्टरबाट ल्याब, रेडियो इमेजिङ, नाक, कान, घाँटी, मुटु, स्त्री तथा प्रसुति, मेडिसिन र क्यान्सरलगायत सम्पूर्ण रोगहरूको उपचार सेवा प्रवाह हुने बताइएको छ।

कार्यक्रममा बोल्दै धरानका मेयर हर्क साम्पाङले अस्पतालबाट प्रवाह हुने सेवाहरु आम जनताका निम्त्ति गुणस्तरीय, सहज र सुलभ हुनुपर्ने बताए।

धरानमा सञ्चालनको आएको पोलिक्लिनिकबाट भने पूर्वी पहाडी क्षेत्र तथा मोरङ, सुनसरी आसपासका सर्वसाधारणलाई उपचारमा टेवा पुग्ने विश्वास लिइएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.