फलेवासका प्रमुख र कुश्माकी उपप्रमुखसँग आयोगद्वारा २४ घण्टे स्पष्टीकरण माग

फलेवासका प्रमुख र कुश्माकी उपप्रमुखसँग आयोगद्वारा २४ घण्टे स्पष्टीकरण माग

कुश्मा : निर्वाचन आचारसंहिताविपरीत चुनावी कार्यक्रममा सहभागी भएको भन्दै पर्वत जिल्लाको फलेवास नगरपालिकाका प्रमुख गंगाधर तिवारी र कुश्मा नगरपालिकाकी उपप्रमुख स्वस्थानी रिजालसँग निर्वाचन आयोगले स्पष्टीकरण माग गरेको छ। 

फलेवास नगरपालिकाका प्रमुख तिवारी फलेवास नगरपालिका-१ कार्कीनेटामा चुनाव प्रचारप्रसारमा सहभागी भएको दृश्य टेलिभिजनबाट प्रसारण भएको भन्दै दृश्य सहितको उजुरी आएकाले त्यसबारे २४ घण्टाभित्र स्पष्टीकरण माग गरिएको कार्यालयले जनाएको छ।

जिल्ला निर्वाचन अधिकारी लक्षु शर्माका अनुसार आचारसंहिता अनुगमन अधिकृत तथा जिल्ला आचारसंहिता अनुगमन समितिमा उजुरी आएपछि आचारसंहिताको उल्लंघन भए नभएको वा नभएको भए त्यसको पुष्टि गर्ने आधारसहित स्पष्टीकरण दिन भनिएको छ।

यता कुश्मा नगरपालिकाकी उपप्रमुख रिजालले उक्त व्यवस्थाको उल्लंघन हुने गरी स्थानीय तहका मतदाताहरूलाई प्रभावित पार्ने गरी सहरी स्वास्थ्य क्लिनिकमा मेडिकल सामग्रीहरू वितरण गरेको भन्ने उजुरी परेको छ। 

आचारसंहिताको दफा ४ (क) र दफा ५ (ख) को प्रतिकूल हुने गरी काम गरेकाले त्यसको स्पष्टीकरण २४ घण्टाभित्रमा दिन भनिएको जिल्ला निर्वाचन कार्यालयले बताएको छ।  

निर्वाचन कार्यालयले आचारसंहिताको उल्लंघन नगर्न अनुरोध गर्दै उल्लंघन गरेको पाइएमा कारबाही प्रक्रिया अगाडि बढाउने बताएको छ। 

जिल्ला आचारसंहिता अनुगमन समिति पर्वतले यस अगाडि फलेवास नगरपालिकास्थित बाल प्राथमिक विद्यालय, मुडिकुवाका प्रधानाध्यापक छविलाल तिवारीलाई पनि स्पष्टीकरण सोधेको थियो।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.