नेपालमा पहिलो पटक स्काउटले 'रोभर मुट' गर्ने

नेपालमा पहिलो पटक स्काउटले 'रोभर मुट' गर्ने

काठमाडौं : सामाजिक संस्था स्काउटमा आवद्ध युवाहरुमा नेतृत्व क्षमताको विकास गरी समृद्ध मुलुक निर्माणमा सहयोग पुर्‍याउने उद्देश्यले नेपालमा पहिलो पटक रोभर मुटको आयोजना हुने भएको छ । स्काउटले शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरी यसबारे जानकारी दिएको हो ।

स्काउटको भाषामा १६ वर्षदेखि २५ वर्ष उमेर समूहका युवालाई रोभर मुट भनिन्छ । स्काउटमा आवद्ध युवालाई परिचालन गर्न सकिएमा मुलुक विकासम सहयोग पुग्ने उद्देश्यले रोभर मुटको आयोजना गर्न लागिएको हो । पत्रकार सम्मेलनमा नेपाल स्काउट राष्ट्रिय तदर्थ समितिका संयोजक लोकबहादुर भण्डारीकाअनुसार कार्यक्रममा मुलुकका सबै स्थानीय तहबाट युवा तथा युवतीको सहभागिता हुनेछ ।

उनकाअनुसार कार्यक्रममा विश्व स्काउट संगठनका महासचिव अहमद राफि मोहम्मद अल्हेन्दावी, विश्व स्काउट संगठनका एसिया प्रशान्त सहयोग समिति क्षेत्रका रिजल डाइरेक्टर जोसे रिजाल सी पालिङगलिनान, भारत स्काउट एण्ड गाइडका प्रमुख आयुक्त डा. केके खाण्डैलवाल, वंगलादेश स्काउटका प्रमुख आयुक्त डा. एम्डि मोजामेल हकिउ खानको उपस्थिति हुनेछ ।

त्यसबाहेक अमेरिका, लक्जेम्वर्ग, फिलिपिन्स, जोर्डन, हङकङ, बेलायत, मलेसिया र इजिप्टलका गरी कुल १३ मुलुकका प्रतिनिधि कार्यक्रममा आउनेछन् । स्वदेशी तथा विदेशी मुलुकका ५ हजारको सहभागिता हुने पनि भण्डारीले जानकारी दिए । कार्यक्रम पोखरामा हुनेछ ।

कार्यक्रममा रोप क्लाइम्बिङ, ओमेगा जम्प, नेक क्रलिङ, साइक्लिङ, वाटर साइक्लिङ लगायतका साहसिक गतिविधि पनि सञ्चालन हुनेछ । ‘मुलुकमै पहिलोपटक कार्यक्रम आयोजना हुन लागेको छ, यसले युवामा नेतृत्व विकास गराउन पनि मद्दत गर्नेछ’ भण्डारीले भने ।

विश्वमा स्काउटको स्थापना सन् १९०७ मा भएको हो । नेपालमा भने २००९ देखि यसको शुरुवात भएको हो । नेपाल स्काउटमा अहिले मुलुकभर ६० हजारको हाराहारीमा सदस्य छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.