कञ्चनपुरमा विप्लवका एक कार्यकर्ता पक्राउ

कञ्चनपुरमा विप्लवका एक कार्यकर्ता पक्राउ

महेन्द्रनगर : जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले नेत्रविक्रम चन्द विप्लवका एक कार्यकर्ता पक्राउ गरेको छ। विप्लवका कार्यकर्ताहरु खोजी गर्ने अभियान अन्तर्गत सोमबार बेलुका कञ्चनपुरको भीमदत्त नगरपालिका ९ ब्रह्म्देव क्षेत्र नजिकै एक कार्यकर्ता पक्राउ गरेको हो। 

भीमदत्त नगरपालिकाका नगर सचिवसमेत रहेका ४१ वर्षीय रघुवीर जोशी पक्राउ परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता ज्ञानबहादुर विष्टले जानकारी दिए।

उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ। कञ्चनपुर प्रहरीले विप्लव नेतृत्वका कार्यकर्ताहरु खोजी कार्य अभियान शुरु गरे लगत्तै उनी पक्राउ परेका हुन्। उनलाई भीमदत्त नगरपालिका ९ मटैनास्थित नेपाल–भारत सीमानाको पिल्लर नम्बर ५ नजिकबाट पक्राउ गरिएको हो।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.