निर्मला हत्या प्रकरण : निलम्बित डीएसपी जीसी ९ लाख धरौटी बुझाएर रिहा

निर्मला हत्या प्रकरण : निलम्बित डीएसपी जीसी ९ लाख धरौटी बुझाएर रिहा

महेन्द्रनगर : निर्मला हत्याप्रकरणमा प्रमाण नष्ट र यातना कसुरको अभियोग लागेका केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का निलम्बित डीएसपी अंगुर जीसीलाई अदालतले धरौटीमा छाड्न आदेश गरेको छ।

थुनछेक बहसपछि न्यायाधीश डा. राजेन्द्र कुमार आचार्यको इजलासले बुधवार तत्कालीन डीएसपी जीसीलाई ९ लाख धरौटीमा छाड्न आदेश गरेको हो।

‘यातना कसुरमा ५ लाख र प्रमाण नष्ट गरेको कसुरमा ४ लाख गरी दुवै मुद्दामा ९ लाख धरौटीमा छाड्न आदेश भएको छ’, श्रेस्तेदार हरिकृष्ण अवस्थीले भने, ‘धरौटी माग गरिएको रकम पनि जम्मा भइसकेको छ।’ उनका अनुसार धरौटी माग गरिएको रकम बुझाएर उनी बुधवार नै हिरासतमुक्त भएका छन्।

सोमबार अदालतमा उपस्थित भएका जीसी न्यायीक हिरासतमा रहेका थिए। सोमबारदेखि नै सुरु भएको बयान लिने क्रम मंगलबार सकिएपछि थुनछेक बहस सुरु भएको थियो। बुधवार थुनछेक बहसपछि सकिएपछि इजलासले धरौटीमा छाड्न आदेश गरेको हो।

मंगलबार जाहेरीकर्ताका तर्फबाट बसन्त गौतमले बहस गरेका थिए भने बुधवार सरकारी वकिल कार्यालयका सहायक जिल्ला न्यायधीवक्ता मोहनी प्रसाद जोशीले बहस गरे। यस्तै प्रतिवादीका तर्फबाट भने अधिवक्ता पदमराज शर्माले बहस गरेका थिए।

यसअघि निर्मला पन्तको बलात्कार र हत्या प्रकरणमा प्रमाण नष्ट गरेको र यातना दिएको अभियोग लागेका तत्कालीन एसपी डिल्लीराज विष्टलाई पनि अदालतले साढे १० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो।

फागुन अन्तिम साता अदालतले अन्य ६ जना प्रहरी अधिकारीहरूलाई पनि धरौटीमा रिहा गरेको थियो। अदालतले तत्कालीन डिएसपी ज्ञानबहादु सेठ्ठिलाई ९ लाख, इन्सपेक्टर एकिन्द्र खड्कालाई ९ लाख, सब इन्सपेक्टर जगदीश भट्टलाई चार लाख, सइ हरिसिंह धामीलाई साढे ३ लाख, सइ रामसिंह धामीलाई ३ लाख र प्रहरी जवान चाँदनी साउदलाई साढे २ लाख धरौटीमा रिहा गरेको थियो। 

गत पुस ३ गते निर्मला पन्तकी आमा दुर्गादेवीले प्रमाण नष्ट गरेको आरोपमा सार्वजनिक न्यायविरुद्धको कसुरमा तत्कालीन जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख डिल्लीराज विष्टसहित आठ प्रहरी कर्मचारीविरुद्ध मुद्दा दायर गरेकी थिइन्।

प्रहरीले अभियुक्त भन्दै सार्वजनिक गरेका भीमदत्त नगरपालिका-१९ बागफाँटाका दिलिपसिंह विष्टका दाजु खड्कसिंह विष्टले प्रहरी हिरासतमा अनुसन्धानका क्रममा भाइलाई यातना दिएको भन्दै प्रहरी प्रमुख विष्टसहित चार जनाविरुद्ध मुद्दा दायर गरेका थिए।

गत साउन १० गते साथीको घरमा पढ्न गएकी भीमदत्त नगरपालिका २ उल्टाखामकी १३ वर्षीया निर्मला पन्तको ११ गते उखुबारीमा बलात्कारपछि हत्या गरिएको अवस्थामा शव भेटिएको थियो। उनको बलात्कारपछि हत्या भएको ८ महिना पुग्न लाग्दा समेत अहिलेसम्म हत्यारा पक्राउ पर्न सकेको छैन।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.