३२ किलो सुन प्रकरणमा ५ जना विरुद्ध मुद्दा दायर

३२ किलो सुन प्रकरणमा ५ जना विरुद्ध मुद्दा दायर

महेन्द्रनगर : गत फागुन २ गते कञ्चनपुरबाट बरामद गरिएको ३२ किलो सुन प्रकरणमा राजश्व अनुसन्धान विभागले ५ जना विरुद्ध मुद्दा दायर गरेको छ। ती मध्ये २ जना हिरासतमा छन्। उनीहरूलाई आइतबार नै अदालतमा उपस्थित गराइएको छ।

सोमबार हिरासतमा रहेका दुवैजनाको बयान लिने काम भएको अदालतका श्रेस्तेदार हरिकृष्ण अवस्थीले जानकारी दिए। राजश्व अनुसन्धान विभागले अनुसन्धानपछि आइतबार जिल्ला अदालतमा राजश्व चुहावट कसुर अन्तर्गत मुद्दा दायर गरेपछि सोमबार अभियुक्तद्वयको बयान लिइएको हो।

‘मुद्दा दायर भएर अदालतमा २ जनाको बयान लिइएको छ’, उनले भने, ‘थुनछेक बहस भएपछि आदेश आउन सक्छ।’ उनका अनुसार जिल्ला अदालतका न्यायाधीश प्रकाश कुमार अधिकारीको इजलासमा उक्त मुद्दा परेको छ। सोमबार न्यायाधीशकै रोहबरमा अभियुक्तहरूको बयान गराइएको हो। बरामद गरिएको सुन भने राजश्व अनुसन्धान विभागले नेपाल राष्ट्र बैंकमा बुझाइसकेको छ।

प्रहरीले २३ किलो ६ सय ग्राम सुन सहित २ जनालाई गत फागुन २ गते कञ्चनपुरको पुनर्वासाबाट पक्राउ गरेको थियो। लुकाएर राखिएको सुन प्रहरीले फागुन २ र ३ गते पुनर्वास र शुक्लाफाँटा नगरपालिकाबाट बरामद गरेको थियो। पुनर्वासबाट १८ किलो र शुक्लाफाँटाबाट ५ किलो ६ सय ग्राम सुन बरामद भएको थियो। बरामद गरिएको सुन र पक्राउ परेका दुवैलाई प्रहरीले राजश्व अनुसन्धान विभागको जिम्मा लगाएको थियो।

पुनर्वास नगरपालिका २ घर घएका शंकरबहादुर विकको घरबाट १८ किलो तथा शुक्लाफाँटा नगरपालिका ११ बाट ५ किलो ६ सय ग्राम सुन केन्द्रीय अनुसन्धान ब्युरो सहितको प्रहरीको टोलीले बरामद गरेको थियो। राजश्व चुहावट गरी सुन भित्र्याइएकाले त्यसको अनुसन्धानको जिम्मेवारी नेपाल प्रहरीले विभागलाई नै दिएको थियो। शुक्लाफाँटा नगरपालिका ११ का ३३ वर्षीय लक्ष्मण तिरुवाले भारतबाट ३२ किलो सुन नेपाल भित्र्याएका थिए।

उनले पक्राउ परे लगत्तै प्रहरीलाई दिएको बयानमा ८ किलो सुन मालिकलाई नै फिर्ता दिएको र घरमा लुकाएको ४ सय ग्राम सुन बिक्री वितरण गरेको बताएका थिए।

राजश्व अनुसन्धान विभागले भने नेपाल भित्रिएको ३२ किलो सुन नै राजश्व चुहावट गरी ल्याएको भन्दै अभियोग पत्र दायर गरेको हो। विभागले ५ जना विरुद्ध १६ करोडभन्दा बढी बिगो माग दाबी गर्दै मुद्दा दायर गरेको हो। विभागले जिल्ला अदालत कञ्चनपुरमा १६ करोड ९२ लाख ८० हजार असुल उपर हुनुपर्ने दाबी गरेको छ।

विभागले लक्ष्मण तिरुवा, सुरज तिरुवा, सरिता तिरुवा, इन्दिरा विक, शंकरबहादुर विकका विरुद्व अभियोग पत्र दायर गरेको हो। अभियोग दायर गरिएका अन्य ३ जना भने फरार नै रहेको जनाइएको छ।

राजश्व अनुसन्धान विभागले प्रहरीले पक्राउ गरे २ जना सहित परिवारकै सदस्यका ५ जनालाई अभियुक्त बनाएर अभियोग दायर गरेको हो। राजश्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ अनुरुप बरामद भएको सुनलाई थोक मूल्य मानी दफा २३ (१) बमोजिम ५ जनालाई नै विगोको दोब्बर जरिवाना र तीन बर्षसम्म कैद सजाय गर्न माग गरिएको छ।

विभागले जफत भएको सुन समेत जफत गर्न अदालत समक्ष माग गरेको छ। उक्त सुन भारतको अयोध्याबाट भैरहवाको सुनौली नाका भएर करिब तीन महिना अघि नै सुन तस्करी गर्ने भारतीय व्यापारीको ३२ किलो सुन नेपाल भित्रिएको थियो।

गत मंसिर ७ गते(नोभेम्बर २३)नै भारतको अयोध्यादेखि ३२ किलो सुन लिएर कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ११ का ३३ वर्षीय लक्ष्मण तिरुवा आएको प्रहरी अनुसन्धानबाट खुलेको हो। तिरुवा भारतको दिल्लीमा एक कम्पनीमा सवारी चालकका रुपमा कार्यरत थिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.