दलालका आँखा पूर्वी पहाडमा

दलालका आँखा पूर्वी पहाडमा

काठमाडौं : नेपाली चेलीहरूलाई भारतको राजधानी दिल्लीको कोठीमा लगेर बेच्ने एक युवक प्रहरीको फन्दामा परेका छन्। आठ वर्षदेखि नेपाली चेली बेचबिखनको धन्दामा संलग्न सुनसरीको धरान उपमहानगरपालिका–१७ का ३१ वर्षीय छोङहाङ भन्ने सन्तोष राईलाई प्रहरीले केही दिनअघि समातेको हो।

पूर्वी पहाडका धनकुटा, संखुवासभा, भोजपुर र तेह्रथुमसहितका जिल्लाबाट चेलीहरूलाई दार्जिलिङ र सिक्किमस्थित ब्युटी पार्लरमा आकर्षक कमाइ हुने जागिर मिलाइदिने भन्दै उनले फसाउने गरेको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले जानकारी दिएको छ। सन्तोषलाई चेलिबेचीलाई फकाउन पूर्वी पहाड जाँदै गरेको अवस्थामा सुनसरीको धरानस्थित धनकुटे रोडबाट समातिएपछि उक्त गिरोहबारे नयाँ तथ्य खुलेको हो।

‘हाम्रो लामो अनुसन्धानका क्रममा सन्तोषले महिला बेचबिखनमा संलग्न गिरोहसँग मिलेर पूर्वी पडहाका चेलीलाई फसाउने गरेको पाइएको छ’, सीआईबीका प्रवक्ता एसपी उमाप्रसाद चतुर्वेदीले भने, ‘गरिब परिवारका चेली सजिलै प्रलोभनमा पर्ने गरेको पाइयो, पछिल्लो पटक उनले दिल्लीको वेश्यालयमा बेचेका चार चेलीको पहिचान भएको छ।’

सीआईबीका अनुसार पछिल्लो पटक सन्तोष र उनको गिरोहले दिल्लीको जीबी रोडस्थित वेश्यालयमा बिक्री गरेका चारमध्ये एकको उद्धार गरिएको छ। अन्य तीन चेलीको खोजी भइरहे पनि उनीहरूको अवस्था पत्ता लाग्न सकेको छैन। ती चेलीलाई दिल्लीको वेश्यालयमा साढे ४ लाखदेखि ६ लाख रुपैयाँसम्ममा बिक्री गरेको पनि प्रहरी अनुसन्धानबाट खुलेको छ।

सन्तोषले आफू करिब ८ वर्षदेखि चेलिबेटी बेचबिखनमा संलग्न रहेको बयान दिएका छन्। ‘विभिन्न बहानामा नेपालको सिमाना कटाएर भारतीय वेश्यालयमा पुर्‍याएर एउटी चेलीलाई नेपाली ६ लाख रुपैयाँसम्ममा बेच्ने गरेको खुलेको छ’, प्रवक्ता चतुर्वेदीले भने, ‘एउटी चेलीलाई वेश्यालयमा बेचेबापत उनले ५० हजारदेखि १ लाख रुपैयाँसम्म कमिसन लिएको खुलेको छ।’ सन्तोष पक्राउ परेपछि प्रहरीले दिल्लीको वेश्यालयमा रहेका तीन नेपाली चेलीको उद्धार प्रयास थालेको छ। साथै सन्तोषसँगको गिरोहको पनि खोजीलाई अघि बढाएको छ।

प्रहरीको अनुसन्धानबाट पूर्वी पहाडका जिल्लामै पुगेर दलालले गरिब र अशिक्षित परिवारका छोरीलाई जालमा पार्ने गरेका छन्। सीआईबीका अनुसार दिल्लीको वेश्यालयमा बेचिएका चारै जना चेली परिवारको आर्थिक अवस्था कमजोर पाइएको छ। ‘परिवारको आर्थिक एवं शैक्षिक अवस्था कमजोर रहेको फाइदा उठाउँदै जागिरको लोभ देखाएर चेलीहरूलाई वेश्यालय पुर्‍याएको भेटियो’, यो घटनाको अनुसन्धानमा जुटेका एक प्रहरी अधिकृतले भने, ‘नुवाकोट, सिन्धुपाल्चोक र धादिङबाट हुने महिला बेचबिखन पूर्वी पहाडसम्म फैलिएको पुष्टि यो घटनाले गरेको छ।

१२ जना अझै बेपत्ता

भारतको राजधानी नयाँदिल्लीस्थित एक कोठीबाट उद्धार गरिएका आठ नेपाली चेली मंसिर १५ देखि बेपत्ता भएपछि अझै भेटिएका छैनन्। यसअघि असारमा पनि वेश्यालयबाट निकालिएका चार चेली गत असारमा आश्रमबाटै गायब भएका थिए। जीबी रोडकै एक वेश्यालयबाट २०१७ नोभेम्बरमा उद्धार गरिएका ती चेलीको अवस्था अज्ञात छ।

उद्धार गरिएका १४ मध्ये आठ जना दिल्लीकै गार्डेनस्थित संस्कार आश्रमबाट मंसिर १५ गते राति हराएका थिए। उनीहरू १६ देखि २२ वर्षसम्मका थिए। जीबी रोडबाटै उद्धार गरिएका अन्य चार चेली गत असारबाटै हराएका थिए। अन्य दुईलाई भने अभिभावकको जिम्मा लगाई नेपाल फर्काइएको थियो। मंसिरमा हराएकामध्ये तीनजना नुवाकोट र दुईजना काभ्रेका थिए। अन्य युवती तेह्रथुम, मकवानपुर र सिन्धुपाल्चोकका थिए।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.