साथीको हत्या गरेर विदेश यात्रा, १७ वर्षपछि पक्राउ

साथीको हत्या गरेर विदेश यात्रा, १७ वर्षपछि पक्राउ

काठमाडौँ : आफ्नै साथीको हत्या गरेर लामो समयदेखि फरार एकजनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले सोमबार पक्राउ गरेको छ ।

सामान्य विवादका क्रममा साथीको हत्या गरेपछि नाम फेरेर विदेशसमेत बस्न सफल भएका काभ्रेको खनालथोक घर भइ राजधानीको कपनमा बस्दै आएका ज्ञानेन्द्र भनिने जितेन्द्र श्रेष्ठलाई प्रहरीले १७ वर्षपछि पक्राउ गरेको हो ।

उनले २०५८ सालमा पेप्सीकोलामा साथी विष्णु घिमिरेलाई फलामले हानेर ज्यान लिएका थिए । विवादका क्रममा जितेन्द्रका अन्य चारजना साथीले घिमिरेलाई ढुंगाले हानेर लखेटेका थिए । त्यसपछि जितेन्द्रले पेप्सीकोलातर्फको विमानस्थल तारघेरा नजिकै फलामले हानेर घिमिरेको हत्या गरेका थिए ।

साथीको ज्यान लिएपछि फरार भएका जितेन्द्रले नाम फेरेर विदेश यात्रा पनि गरेका थिए । उनले जितेन्द्रबाट ज्ञानेन्द्र नाम बनाइ केही वर्ष वैदेशिक रोजगारीमा बसेको पनि खुलेको सिआईबीका एसपी उमाप्रसाद चतुर्वेदीले जानकारी दिए ।

साथीको हत्या गरेको लामो समयसम्म प्रहरीले पक्राउ गर्न नसकेपछि उनले राजधानीको न्यूरोडमा ब्यापार पनि गरिरहेका खुलेको एसपी चतुर्वेदीले जानकारी दिए । पक्राउ परेका श्रेष्ठलाई आइतवारै महानगरीय प्रहरी वृत्त बाानेश्वरमा बुझाइएको छ । श्रेष्ठले अपराध स्वीकार गरिसकेको नयाँबानेश्वर प्रहरी बृत्तका डिएसपी गोविन्द काफ्लेले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.