'वैदेशिक रोजगार बाध्यता कहिलेसम्म ?'

'वैदेशिक रोजगार बाध्यता कहिलेसम्म ?'

काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्यालले वैदेशिक रोजगारको बाध्यता कहिलेसम्म भन्ने टुंगो नभएको बताएका छन्। 

अन्तर्राष्ट्रिय आप्रवासन दिवसका अवसरमा सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जालले आयोजना गरेको ‘वैदेशिक रोजगारीबाट फर्केका कामदारको पुनःएकीकरण’ कार्यक्रममा बोल्दै सचिव अर्यालले मन्त्री, प्रधानमन्त्री कसैसँग पनि वैदेशिक रोजगारीको बाध्यता कहिलेसम्म भन्ने प्रश्नको जवाफ नभएको बताए। 

‘स्वदेशमै कति रोजगारी सिर्जना भयो भन्न सकिने अवस्था छैन तर दैनिक २५ सय श्रकिम विदेश जान बाध्य छन्’ अर्यालले भने।

तथ्यांक नभई केही गर्न नसकिने भएकाले वैदेशिक रोजगारीबाट फर्किने श्रमिकको तथ्यांक व्यवस्थपन गर्न लागिएको उनले बताए। 

‘सफ्टवेयर बनाएर कुल पालिकाको श्रमिक कुन देशमा के सिकेर आयो, अध्यागमनसँग सहकार्य गरी तथ्यांक राख्दै छौं’ उनले भने। 

तथ्यांक व्यवस्थित भए आन्तरिक रोजगारी पनि व्यवस्थापन गर्न सकिने उनको भनाइ छ। श्रम तथा व्यवसायजन्य सुरक्षा विभागको सहकार्यमा रोजगारदाता र श्रमिकको तथ्यांक संकलन गर्न लागिएको सचिव अर्यालले बताए। 

सरकारले वैदेशिक रोजगारबाट फर्केका श्रमिकलाई पुनःएकीकरण गर्न निर्देशिका बनाएको छ। सचिव अर्यालले पालिकास्तरमा प्रभावकारी ढंगले कार्यक्रम अघि बढाउन प्रस्ताव आह्वान गरिएको बताए।

रेमिट्यान्सबाट मात्र देश चलाउन खोज्नु दिवास्वापना मात्रै हुने भन्दै सचिव अर्यालले स्वदेशमा रोजगारी सिर्जना गर्न ध्यान दिनुपर्ने बताए। 

नेपालीहरूले विदेश बनाउन सघाउ पुर्‍याए पनि स्वदेशमा उद्योग धन्दा धराशायी हुँदै गएकाले अब स्वदेशमा रोजगारी तथा उद्यमशीलता विकासमा जोड दिनुपर्ने बताए।

श्रमिकको हितका लागि सरकारले आईपीओमा १० प्रतिशत कोटा, सामाजिक सुरक्षाको दायरा र बचतपत्र जस्ता कार्यक्रम ल्याइएको उनले बताए। 

सामाजिक सुरक्षा कोषको रकमबाट उद्यमी बनाउने कार्यक्रम ल्याइने सचिव अर्यालले बताए। विदेश जाने र फर्केर स्वदेशमा उद्यम गर्न चाहनेलाई सहुलियत ऋण दिने उनको भनाइ छ। 

५७ प्रतिशत घरधुरीमा रेमिट्यान्स भित्रिने भएपनि दक्ष र सीपयुक्त नहुँदा लाभ कम भइरहेको सचिव अर्याल बताउँछन्। व्यावसायिक तालिम दिन सातै प्रदेशमा प्रतिष्ठान बनाउन लागिएको उनको भनाइ छ। 

वैदेशिक रोजगार नीतिको गृहकार्य अन्तिम चरणमा पुगेको भन्दै छिट्टै आप्रवासन नीति पनि बनाउने तयारी भएको उनले बताए। 

गैरआवासीय नेपाली संघका कार्यकारी अध्यक्ष रबिना थापाले श्रमिक मात्र निर्यात नगरी  वस्तु उत्पादन गर्न ध्यान दिनुपर्ने बताइन्। 

नेपाली वस्तु विश्वका नेपाली समुदायमा बिक्री गर्न कुनै समस्या नभएको उनको भनाइ छ। स्वदेशमा रोजगारीका अवसर नखुल्दासम्म वैदेशिक रोजगार वाध्य भएको उनले बताइन्। रोजगारी खोज्न समस्या समाधान गर्नुपर्ने उनको भनाइ छ। 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव राजीव पोखरेलले फर्केका श्रमिकको प्रोफाइल तयार गरी विभिन्न निकायको सहकार्यमा रोजगारी र उद्यमशीलतामा जोड्ने बताए। 

श्रमविज्ञ सरु जोशीले महिला श्रमिकका अधिकारमा विशेष कदम चाल्नुपर्नेमा जोड दिइन्। रिटनी नेपालका केन्द्रीय सदस्य जितेन्द्र बाँनियाले स्वदेशमा रोजगारी नहुँदा वैदेशिक रोजगारीमा जानु बाध्यता भएकाले स्वदेशमै रोजगारी र लगानीको वातावरण बनाउनुपर्नेमा जोड दिए। 

स्वदेशमा कुन क्षेत्रमा कस्तो क्षेत्रमा रोजगारी आवश्यक छ भन्ने विषयमा मन्त्रालय तथा राष्ट्रिय योजना आयोग कसैले पनि अध्ययन गर्न नसकेको बताए। 

सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जालका अध्यक्ष हरि थापाले वैदेशिक रोजगारीमा गएका श्रमिकलाई मात्र पुर्नएकीरण प्रभावकारी बनाउन उनीहरूका परिवारका सदस्यलाई उद्यमी बनाउने कार्यक्रम ल्याउनुपर्ने बताए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.