सबै गाविस र जिविस खारेजः तपाईं अब कुन गाउँपालिका र नगरपालिकाको बासिन्दा ?

सबै गाविस र जिविस खारेजः तपाईं अब कुन गाउँपालिका र नगरपालिकाको बासिन्दा ?

काठमाडौं : हिजोसम्म १४ अञ्चल, ७५ जिल्ला, दुई सय १७ नगरपालिका, तीन हजार एक सय ५७ गाउँ विकास समिति भएको मुलुक शुक्रबारदेखि सात सय ४४ गाउँपालिका र नगरपालिकामा परिणत भएको छ।

सरकारले २०७३ फागुन २७ गते राजपत्रमा सूचना प्रकाशित गरी सात सय ४४ स्थानीय तह बनाएको घोषणा गरेको हो । राजपत्रमा प्रकाशित भएसँगै मुलुक संघीयतामा प्रवेश गरेको छ भने २५ वर्षदेखि गाविस र नगरपालिका बनाइएका स्थानीय निकाय शुक्रबार बाटै खारेज भएका छन्।

जिल्ला विकास समितिलाई जिल्ला भित्रका गाउँपालिका र नगरपालिकाको समन्वय गर्ने गरी जिल्ला समन्वय समितिमा परिणत गरिएको छ।  

सरकारले चार महानगरपालिका, १३ उपमहानगरपालिका, दुई सय ४६ नगरपालिका र चार सय ८१ गाउँपालिका बनाएको हो । काठमाडौं, ललितपुर, चितवन र कास्की जिल्लामा क्रमशः काठमाडौं, ललितपुर, भरतपुर र पोखरालेखनाथ नामका महानगरपालिका बनाएका छन् भने बिराटनगर, इटहरी, धरान, जनकपुर, हेटौंडा, जीतपुरसिमरा, कलैया, वीरगञ्ज, बुटवल, तुल्सीपुर, घोराही, नेपालगञ्ज र धनगढी उपमहानगरपालिका बनाइएका छन् ।

संघीय मामिला तथा स्थानीय विकासमन्त्री कमल थापाले शुक्रबार प्रकाशित राजपत्र देखाउँदै गाउँपालिका र नगरपालिका कार्यान्वयन सुरु भएको घोषणा गरेका थिए । उनले भने, ‘साबिकमा स्थानीय निकायका रुपमा रहेका सबै गाविस, नगरपालिका र जिविस शुक्रबारबाटै खारेज भएका छन् । गाविस गाउँपालिका र जिविस जिल्ला समन्वय समितिमा रुपान्तरित भएका छन् ।’

हिजोसम्म एउटा ठेगाना बताइरहने नागरिक शुक्रबारदेखि नयाँ ठेगाना बताउने भएका छन् । उनीहरुले अञ्चल र जिल्ला भन्दा पनि फलानो गाउँपालिका वा नगरपालिका भनेर आफ्नो परिचय दिनेछन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.