'हवाई क्षेत्रमा भ्याट लगाउने नीतिले पर्यटन व्यवसायी मारमा'

'हवाई क्षेत्रमा भ्याट लगाउने नीतिले पर्यटन व्यवसायी मारमा'
सुन्नुहोस्

काठमाडौं : पर्यटन सम्वद्ध संस्थाहरूले सरकारले आगामी वर्षको बजेटमा लगाएको करको दरका कारण यस क्षेत्र नै धरासायी हुने जनाएका छन् । शुक्रबार काठमाडौंको पर्यटन बोर्डमा पत्रकार सम्मेलन गर्दै उनीहरूले बजेटमा घोषणा भएका करका दलहरूले पर्यटन क्षेत्रमा पार्न सक्ने नकारात्मक असरका बारेमा चिन्तित बनाएको भन्दै करका दरका कारण यस क्षेत्र नै धरासायी हुने जनाएका हुन् । 

ट्रेकिङ तथा टुर प्याकेजसम्बन्धी सेवालाई हटाई पूर्णरुपमा करको दायरामा ल्याउने,हवाई टिकटमा भ्याट लगाउने,पाँचतारे वा सोभन्दा बढिमाथिका तारे होटल तथा लक्जरी रिसोटहरुले प्रदान गर्ने सेवामा २ प्रतिशत विलासिता शुल्क लगाउने लगायतका व्यवस्थाका कारण नेपाल आउने पर्यटकहरु अन्य गन्तव्यमा जाने र सरकारको १० लाख पर्यटक भित्र्याउने लक्ष्य हासिल हुन नसक्ने उनीहरूले जनाएका छन् । 

त्यस्तै सरकारले पर्यटन क्षेत्रबाट प्राप्त गर्ने गरि राखिएका कर संकलनका लक्ष्य पनि प्राप्त हुन नसक्ने अवस्था सिर्जना भएको ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल टानको अध्यक्ष पदमा निलहरि बाँस्तोलाले बताए । उनले पर्यटनलाई उद्योगको मान्यता नदिदा राज्यबाट पाउनुपर्ने सहुलियतपूर्ण व्याजदर तथा विजुली शुल्क आदिबाट पर्यटन क्षेत्र बञ्चित हुनुपरेको बताए।

उनीहरुले पर्यटन क्षेत्रको पुनरुत्थानलाई सहज बनाउनका लागि पर्यटन क्षेत्रसँग सम्बन्धित सबै संघ संघठन सम्मीलित विज्ञ समूह बनाएर गहन अध्ययन गरि कम्तिमा १ वर्षपछि मात्रै लागू हुनेगरी करका नयाँ दरहरु लागू गर्न सरकारलाई सुझाव दिएका छन् । 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.