वरिष्ठतम् न्यायाधीश भट्टराईको आपत्ति, ‘सिधाकुराको समाचार आधारहीन र भ्रामक’

‘सो मुद्दामा म संलग्न थिइन भन्ने कुरा उक्त मुद्दामा भएको फैसलाले नै बोलेको छ’

‘सो मुद्दामा म संलग्न थिइन भन्ने कुरा उक्त मुद्दामा भएको फैसलाले नै बोलेको छ’
सुन्नुहोस्

काठमाडौं : सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश आनन्दमोहन भट्टराईले सिधाकुरा डटकमबाट सम्प्रेषित समाचारलाई आधारहीन, झुठो र जनतामा भ्रम छर्ने कुत्सीत उद्देश्यबाट भएको बताएका छन्। उनले शुक्रबार विज्ञप्ति जारी गरेर समाचारको कडारूपमा भर्त्सना गरेका छन्। 

उनले सिधाकुरा डटकमले जोडेको मुद्दामा आफू संलग्न नरहेको समेत प्रस्ट पारेका छन्। आफ्नो ४३ वर्षको न्यायिक यात्रा खुला पुस्तकजस्तै भएको उनको भनाइ छ।

‘आज सिधा कुरा भन्ने सामाजिक सञ्जालमा प्रसारित समाचारमा मेरो नाम जोडिएकामा म आश्चर्यचकित र स्तब्ध भएको छु। मेरो करिब ४३ वर्षको न्यायिक यात्रा खुला पुस्तकजस्तै छ। जुन मुद्दाको प्रसंगमा मलाई जोडियो, सो मुद्दामा म संलग्न थिइन भन्ने कुरा उक्त मुद्दामा भएको फैसलाले नै बोलेको छ,’ न्यायाधीश भट्टराईले विज्ञप्तिमा भनेका छन्।

उनले सिधाकुरा डटकमले उठाएको विषयमा आफूले कसैलाई नभेटेको र कतै सहभागीसमेत नभएको बताएका छन्। ‘जुन समयमा संवैधानिक इजलासबाट सो फैसला भयो सो अवधिमा मलाई संवैधानिक इजलासमा बिरलै राखिएको कुरा पनि स्पष्ट गर्दछु। स्टिङ अपरेशनमा संवैधानिक इजलासबाट फैसला भएपश्चात् मसहितको संयुक्त इजलासबाट गरिएका कैयौं फैसलाहरूले सो विषयमा मेरो न्यायिक धारणा व्यक्त गरेका छन्। उल्लिखित विषयमा मैले कसैलाई भेटेको वा कहीँ कतै उपस्थित रहेको भन्ने कुरा नै तथ्यहीन छ,’ उनले भनेका छन्।

सिधाकुरा डटकमले एक्सक्लुसिभ भन्दै ‘४ सय बढी भ्रष्टाचारका मुद्दा ढिसमिस गराउन सर्वोच्चका न्यायाधीश सहभागी बैठकको स्टीङ अपरेशन, कैलाश सिरोहिया र क्याप्टेन रामेश्वर थापा पनि जोडिए’, शीर्षक अतिरञ्जित सामग्री आज बिहान प्रसारण गरेको थियो।

सिधाकुरा डटकमले अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष थापा, कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया, वरिष्ठतम् न्यायाधीश आनन्दमोहन भट्टराई, अन्नपूर्ण पोस्ट्का विशेष संवाददाता सुरेन्द्र काफ्ले, वरिष्ठ अधिवक्ताद्वय हरि उप्रेती र किशोर विष्टको नाम जोडेर कीर्ते अडियो बनाई तथ्यहीन सामग्री प्रसारण गरेको थियो। 

प्रेस काउन्सिल नेपालले पनि समाचार सामग्री प्रसारण गर्नु आचारसंहिताको गम्भीर उल्लंघन र प्रेस स्वतन्त्रताको चरम दुरुपयोग भन्दै भ्रामक अडियो २४ घन्टाभित्र हटाउन कडा निर्देशन दिएको छ। 

null
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.