इलाम र बझाङमा आज उपनिर्वाचन

इलाम र बझाङमा आज उपनिर्वाचन
सुन्नुहोस्

इलाम/बझाङ : इलाम क्षेत्र नम्बर २ मा आज प्रतिनिधिसभा सदस्यका लागि उपनिर्वाचन हुँदैछ । ४२ वडा रहेको निर्वाचन क्षेत्रमा १ लाख १५ हजार ८ सय ७९ मतदाता छन् । यी मतदातामध्ये ४२२ जना नयाँ मतदाता थपिएका हुन् । 

शनिबार बिहान ७ देखि साँझ ५ बजेसम्म मतदान हुने र निर्भयका साथ मतदानमा भाग लिन निर्वाचन आयोगले अपिल गरेको छ । 

निर्वाचनका लागि ७९ मतदानस्थल तोकिएका छन् । यी मतदान स्थलमा १४९ मतदान केन्द्रमा मतदान गराउने तयारी भएको छ । निर्वाचनका लागि ७४५ कर्मचारी निर्वाचनमा खटाइएको छ । 

मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेका अनुसार निर्वाचन सम्पन्न गरेको दुई दिनभित्र मत परिणाम घोषणा गर्ने तयारी गरिएको छ । वैशाख १५ गते इलाम जिल्लाभर सार्वजनिक यातायात नचल्ने गरी सर्वदलीय बैठकले निर्णय गरेको छ । सबै केन्द्रमा निर्वाचनको व्यवस्थापन महिला कर्मचारीले गर्ने भएका छन् ।

त्यस्तै, बझाङ प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ (१) मा पनि आज चुनाव हुँदैछ । ९३ मतदान केन्द्रका लागि ४ सय ६५ कर्मचारी परिचालन गरिएका छन् । सबै मतदान केन्द्रका कर्मचारी निर्वाचन सामग्रीसहित मतदानस्थलमा पुगिसकेका र मतदानका तयारीमा सकिएको छ । वैशाख १३ गते नै मतदान अधिकृत, सहायक मतदान अधिकृत, मतदान कर्मचारी र सहायक कर्मचारीहरू मतदान केन्द्र पुगिसकेका थिए ।

निर्वाचन क्षेत्रभरि १२ सय जना सुरक्षाकर्मी परिचालन गरिएका छन् । उपनिर्वाचनमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले सुरक्षा दिनेछन् । उपनिर्वाचनलाई शान्त र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि निर्वाचन क्षेत्रभित्र रहेका मतदान केन्द्रलाई संवेदनशीलताको आधारमा वर्गीकरण गरेर सुरक्षाकर्मी परिचालन गरिएको निर्वाचन आयोगले जनाएको छ ।

७४ मतदानस्थलमा रहेका ९३ मतदान केन्द्रमा ३१ हजार ५ सय ४९ पुरुष र ३० हजार १ सय ९९ महिला गरी कुल ६१ हजार ७ सय ४८ मतदाताले मतदान गर्नेछन् । जिल्ला निर्वाचन कार्यालय बझाङका निर्वाचन अधिकृत मानबहादुर धामीले निष्पक्ष र भयरहित वातावरणमा चुनाव हुने बताए ।

  • बझाङमा ठूला साना दलका गरी ११ जना उम्मेदवार चुनावी मैदानमा छन् । 
  •     इलाममा १ लाख १५ हजार ८ सय ७९ मतदाता
  •     बझाङमा ६१ हजार ७ सय ४८ मतदाता

२ हजार ३ सय प्रहरी खटिँदै 

इलाम–२ को प्रतिनिधिसभा र बझाङ–१ को (१) मा हुन लागेको प्रदेशसभा निर्वाचनमा २ हजार ३ सय ८७ प्रहरी परिचालन हुँदैछन् । शनिबार हुने उपनिर्वाचनका लागि पर्याप्त सुरक्षा व्यवस्थाको प्रबन्ध गरिएको नेपाल प्रहरीले जनाएको छ । प्रहरी प्रवक्ता भीमप्रसाद ढकालका अनुसार दुवै जिल्लाका ४२ मतदान स्थललाई अति संवेदनशील स्थलका रूपमा राखिएका छन् । दुइटा जिल्लामा हुने उपनिर्वाचनका लागि १ सय ५३ मतदानस्थल छन् । जसमध्ये ४५ मतदानस्थललाई संवेदनशील स्थलका रूपमा राखिएका छन् । 

प्रहरीले उपनिर्वाचनको सुरक्षा तयारी पूरा भएको जनाएको छ । पत्रकार सम्मेलन गरेर प्रहरीले उपनिर्वाचन हुने दुवै क्षेत्रमा सुरक्षा व्यवस्था चुस्त पारिएको जनाएको हो । प्रहरीका अनुसार निर्वाचनपूर्वको सुरक्षा, निर्वाचनको दिनको सुरक्षा र निर्वाचनपछिको सुरक्षालाई अलगअलग कार्ययोजना बनाएर सुरक्षा व्यवस्था लागू गरिएको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.