वेस्ट इन्डिज 'ए'वीरुद्ध खेल्न नेपाली टोलीमा थपिए ४ खेलाडी

वेस्ट इन्डिज 'ए'वीरुद्ध खेल्न नेपाली टोलीमा थपिए ४ खेलाडी
सुन्नुहोस्

काठमाडौं : नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको पाँच खेलको टी-२० शृंखला शनिबारबाट सुरु हुँदैछ। नेपालले आइसीसी टी-२० विश्वकपको तयारीस्वरूप वेस्ट इन्डिजसँग शृंखला खेल्न लागेको हो। टी-२० शृंखला खेल्नका लागि नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली टोलीको घोषणा गरिसकेको छ। 

त्यस्तै नेपाली टोलीमा चार खेलाडी थपिएका छन्। क्यानका सचिव पारस खड्काले विनोद भण्डारी, सागर ढकाल, कमलसिंह ऐरी र लोकेश बमलाई टोलीममा समावेश गरिएको जानकारी दिए।

खेलअघि नेपाली टीमका कप्तान रोहितकुमार पौडेलले विश्वकपअघि वेस्ट इन्डिज ‘ए’सँगको खेलका लागि निकै उत्साहित रहेको बताएका छन्। शुक्रबार काठमाडौंमा आयोजित प्रिम्याच कन्फ्रेन्समा उनले यसअघिको खेलमा उतरचढाव देखिए पनि अबको खेलका लागि सबै खेलाडीहरू सबै तवरले तयार रहेको जनाए।

त्यस्तै मुख्य प्रशिक्षक मोन्टी देशाइले वेस्ट इन्डिज ‘ए’ को खेल विश्वकपको तयारीका लागि निकै राम्रो अवसर हुने बताए। क्रिकेटको राम्रो इतिहास भएको वेस्ट इन्डिजसँगको खेलमा धेरै कुरा सिक्ने मौका पाउने उनको भनाइ छ।

त्यस्तै वेस्ट इन्डिज ‘ए’ कप्तान र प्रशिक्षकले पनि टी-२० शृंखला खेल्न आतुर रहेको भन्दै नजिता आफ्नो पक्षमा आउने गरी तयारी भएको बताएका थिए। टी-२० शृंखलाको पहिलो खेल शनिबार हुनेछ भने दोस्रो खेल आइतबार हुने छ। तेस्रो खेल वैशाख १६ गते, चौथो २० गते र अन्तिम खेल २२ गते हुने क्यानले जनाएको छ। उक्त शृंखलापश्चात् नेपाली टोली आईसीसी टी-२० विश्वकपका लागि अमेरिका प्रस्थान गर्ने छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.